झापा: बिर्तामोड नगरपालिकाले जग्गा उपलब्ध गराएमा प्रदेशकै औद्योगिक प्रर्दशनी केन्द्र बनाउने प्रदेश सरकारले जनाएको छ ।
बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको आज एक कार्यक्रमका बीच उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राईले यो महोत्सवले अन्र्तराष्ट्रिय ब्यपारमा सहजता पुर्याउने विश्वास ब्यक्त गरेका छन् । उनले प्रदेश सरकार विकास गर्नका लागि नीजि क्षेत्रसंग हातेमालो गर्न तयार रहेको उल्लेख गरे । मुख्यमन्त्री राईले प्रदेशको औधोगिक, शैक्षिक, स्वास्थय लगायत हरेक क्षेत्रको समृद्धिका लागि सबैको सहकार्य आवश्यक रहेको धारणा ब्यक्त गरे । महोत्सवमा प्रदेशका गृहमन्त्री हिक्मत कार्कीले बिर्तामोड नगरपालिकाले १०–१५ विघा जग्गा उपलब्ध गराएमा प्रर्दशर्नी केन्द्र बनाउन प्रदेश सरकार तयार रहेको उल्लेख गरे ।

प्रर्दशनी केन्द्र निर्माण भएमा हरेक महोत्सव उक्त स्थानमा गर्न सहज हुनेभएकाले प्रदेशभरका केहि प्रर्दशनी तथा महोत्सव गर्नुपरेमा सो स्थान प्रयोगमा आउन सक्ने बिचार ब्यक्त गरे । बिर्तामोडमा शुक्रबारबाट सुरु भएको औधोगिक महोत्सवले अन्र्तराष्ट्रिय स्तरको ब्यपार गर्न सफल हुने धारणा ब्यक्र गरे ।

btm-mela-get

शुक्रबारबाट सुरुभएको महोत्सव २३ माघसम्म सञ्चालन हुनेछ । महोत्सवको आकर्षणका रुपमा माउन्टेन एयरको हेलिकप्टर ल्याइएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । हेलिकप्टरमार्फत पुष्पवृष्टी गराउँदै महोत्सव उद्घघाटन गरिएको थियो । महोत्सव अवधिभर तीनवटा प्याकेजका रुपमा हेलिकप्टर सञ्चालन गरिने बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्कीले वताए ।

हेलिकप्टर मार्फत ५ मिनेटको प्याकेजमा बिर्तामोड अवलोकन गर्न सकिने छ । जसमा विद्यार्थीहरुको सहभागिताको अपेक्षा गरिएको छ । १० देखि १२ मिनेटको प्याकेजमा झापाभित्रै ३६ किलोमिटर उडान गराइनेछ । आयोजक समितिले बिर्तामोडदेखि ताप्लेजुङस्थित पाथीभरादवीको मन्दिरसम्मका लागि तेस्रो प्याकेज पनि बनाएको छ । एक पटकमा ६ जना चढ्न मिल्ने हेलिकप्टर आउने बताइएको छ । हेलिकप्टर महोत्सव अवधिभर रहनेछ ।

यहाँको व्यापारलाई अन्र्तराष्ट्रियकरण गर्न महोत्सव कोशेढुंगा सावित हुने आयोजक समितिको विश्वास छ । महोत्सवमा २ लाख भन्दा बढी मानिस सहभागी भइ अवलोकन गर्ने अपेक्षा लिइएको महोत्सव आयोजक समितिका संयोजक एवम् बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले बताए । आन्तरिक राजस्व कार्यालयमा महोत्सवको नामबाट भ्याट दर्ता गरेर काम अगाडि बढाइएको महोत्सव आयोजक समितिका सचिब सञ्जिब घिमिरेले बताए । महोत्सव अवधिमा विभिन्न संघसंस्थाको सहयोगमा आँखा शिविर, दन्त शिविर, छाला रोगसम्बन्धी शिविर, प्राथमिक उपचार सेवा, एम्बुलेन्स सेवा, रक्तदान कार्यक्रमलगायत स्वास्थ्यसम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गर्न उपसमिति गठन गरिएको छ ।


मेला व्यवस्थापन सम्झौता काठमाडौँस्थित विविध एक्सपो कम्पनीसँग भएको वाणिज्य संघ बिर्तामोडका उपाध्यक्ष नारायण चिमरियाले बताएका छन । उनका अनुसार बाल उद्यान निमार्ण सम्झौता राजधानी एमुज्मेन्ट राइडसँग गरिएको छ । महोत्सवका लागि २ सय १० वटा भन्दा धेरै स्टल रहेका छन् । वाणिज्य संघको भवनबाट स्थानीय संघसस्थाका व्यानरसहित प्रभातफेरि गरेर बिर्तामोड नगरको परिक्रमा गरिएको थियो ।

महोत्सव आयोजक समितिका अनुसार नेपाल लगायत छिमेकी देशका लगानीकर्ता, उत्पादक तथा वितरक र निर्यातकर्तालाई एउटै मञ्चमा भेला गराउने उद्देश्यका साथ बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको हो । मेलामा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरुको पनि सहभागिता रहेको छ । मेलामा ख्यातिप्राप्त कलाकारले आफ्नो प्रस्तुति देखाउनेछन् । जुम्लाको मार्सी चामलदेखि पाकिस्तानको लेदर प्रोजक्टसम्मका उत्पादन मेलामा पाइने छ । १ करोड ५ लाख रुपैयाँको लागतमा मेला सम्पन्न हुने अपेक्षा छ ।

महोत्सवमा मुलुकका चर्चित कलाकारहरु तथा विभिन्न व्याण्डको दैनिक सांगीतिक प्रस्तुति रहनेछ । महोत्सव सफल बनाउन मूल समिति तथा विभिन्न १० वटा उपसमिति बनाइएको छ । महोत्सव स्थलमा सीसी टिभीबाट २४ घण्टा सुरक्षाको व्यवस्था मिलाइएको संघले जनाएको छ । महोत्सवको उद्घाटनमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद ढकाल, बिर्तामोड नगरका प्रमुख ध्रुवकुमार शिवकोटी लगायतका विशिष्ट ब्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न संकृति झल्किने मौलिक झाँकी तथा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।