धरान: प्रथम साधारणसभाबाट सुनसरी जिल्ला साइक्लिङ संघमा नयाँ नेतृत्व चयन भएको छ ।

शनिबार सुनसरी उद्योग वाणिज्य संघको हलमा सम्पन्न साधारणसभाबाट राजेन लिम्बूको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । संघका केन्द्रीय अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारणसभाबाट उपाध्यक्षमा सुधिरसिंह लिम्बू, सचिवमा जयन्तराज गौतम र कोषाध्यक्षमा अञ्जना लिम्बू चयन भएका छन् ।

यसैगरी, कार्यसमिति सदस्यहरुमा दुर्गाधन राई, राजु श्रेष्ठ, डा.समीर चौधरी, आशा लिम्बू, नारायण थापा र मिलनकुमार राई(इटहरी) चयन भएका छन् । विधान अनुसार कार्यसमितिमा एक जना उपाध्यक्ष र एक जना सदस्यलाई बैठकबाट चयन गरिने नवनिवार्चित अध्यक्ष लिम्बूले जानकारी दिए ।

IMG_9561

नवनिवार्चित कार्यसमिति पदाधिकारीहरुलाई शनिबार केन्द्रीय अध्यक्ष कक्षपतिले पद तथा गोपनियताको सपथ गराएका थिए । साथै, सोही समारोहमा निवर्तमान अध्यक्ष श्याम तामाङले पदस्थापन गराउदै आवश्यक कागजपत्र बुझबुझारथ पनि गरेका थिए । साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथि कक्षपति, एक्स्ट्रीम धरानका अध्यक्ष तथा धरान पर्यटन विकास समितिका सदस्य लेखमणी जिमी, आदिबासी जनजाति विकास समितिका सदस्य डम्बर गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।