इटहरी : स्थापनाको छोटो समयमा आयुर्वेदिक उपचार पद्धतीमा सफलता हासिल गर्न सफल अष्टाङ्ग आयुर्वेद हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि. ले सुनसरीको इटहरीमा दोस्रो शाखा विस्तार गरेको छ ।

आधुनिक प्रविधि र उपकरण सहित आयुर्वेद हस्पिटलको स्थापना गरी सञ्चालनमा ल्याएको अष्टाङ्ग आयुर्वेद हस्पिटल एण्ड रिर्सच सेन्टरको इटहरी शाखाको प्रदेश  नम्वर १ का सामाजिक विकास मन्त्री जिवन घिमीरेले उद्घाटन गरे ।
एक करोड ५० लाख लागत र दश वेडको स्वीकृती लिएर सञ्चालनमा ल्याइएको आयुर्वेदिक अस्पातालको उद्घाटनपछि वोल्दै प्रमुख अतिथी सामाजिक विकास मन्त्री घिमिरेले जडीवुटीसंग जोडीने आयुर्वेदिक उपचार पद्धती प्रति मानिसहरुको आकर्षण वढ्न थालेको वताए । उनले प्रदेश नम्वर १ पनि जडीवुटीहरुको दृष्टिकोणले धेरै प्रकारका जडीवुटी हुने क्षेत्र भएकाले तिनीहरुको समेत सही सदुपयोग गरेर आयुर्वेदिक उपचार पद्धतीको विकास गर्न सकिने तर्क समेत गरे ।

awatang-swastha-sibir--aayr

अष्टाङ्ग आयुर्वेद हस्पिटल एण्ड रिर्सच सेन्टरका सञ्चालक हृदय नारायण चौधरीले २०७२ सालमा स्थापना भएको अष्टाङ्गको दोस्रो शाखाका रुपमा इटहरी सेवा सुरु गरिएको जानकारी दिए । उनले प्रविधिका साथै आधुनिक उपकरणहरुको माध्यमबाट
आयुर्वेदिक पद्धतीबाट उपचार सेवा दिइने जानकारी गराए । सेवा विस्तार गर्दै अस्पतालका साथै रिर्सच सेन्टर समेत भएकाले कानुनको परिधिमा रहेर नेपालमा पाइने जडीवुटीहरु संकलन तथा प्रशोसन गरी औषधी ,कस्मेटीक ,पेय पदार्थ, हर्वल तेल साथै हर्बल औषधीमा प्रयोग गरिने कच्चा पदार्थ निकाली राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा विक्री गर्ने योजना समेत रहेको जानकारी दिए ।