झापा : झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ को डिएमसि विरिङ्ग देखि मदनपुर जानका लागि विरिङ्ग खोलामा झोलुङ्गे पुल बन्ने पक्का भएको छ ।

स्थानिय समाज सेवी केदारनाथ पराजुलीको सकृयतामा १ सय ६० मिटर लम्बाइको झोलुङ्गे पुलका लागि एक कार्यक्रमका बिच संघिय संसद एवम अन्तराष्ट्रिय सम्बन्ध समितीकी सभापति पवित्रा निरौला ( खरेल ) ले सिलान्यास गरे सँगै पुल बन्ने पक्का भएको हो । पुल निर्माणको काम सुरु भए सँगै ४ किलोमिटर घुमाउरो बाटो घुमेर पारी जानु पर्ने बाध्यताबाट स्थानियहरु मुक्त हुने भएका छन् ।
एक करोड दश लाख लागतमा निर्माण हुन लागेको सस्पेन्सन आकारको झोलुङ्गे पुल ४ महिनामै सम्पन्न गर्ने गरी काम तिब्र रुपमा अगाडि बढाएको ठेकेदार कम्पनिका प्रतिनिधी निलम डाँगीले जानकार िदिए । ब्रिज डिभिजन कार्यालय पुल्चोकका कर्मचारी उपेन्द्र देवकोटा भन्छन्, ‘यो पुल गत भदौमा सम्झौता भए पनि मंसिरमा मात्र ले आउट भएको हो । उनि थप्छन ३ सय ५० जना क्षमताको पुल वाट साइकल तथा मोटरसाइकल आवतजावत गर्न सक्ने गरी डिजाइन गरिएको छ ।‘

पुलको सिलान्यास गर्दै संघिय संसद एवम् अन्तराष्ट्रिय सम्बन्ध समितीकी सभापति पवित्रा निरौला ( खरेल ) ले लामो समयको प्रयत्न पछि पुल निर्माण अन्तिम चरणमा पुगेको साथै अर्जुनधारा नगरपालिकामा केन्द्र सरकारबाट प्राप्त ४ करोड रुपैयाँ मध्ये २ करोड बराबरका योजना सञ्चालनको चरणमा रहेको बताइन ।