झापा : झापाको अर्जुनधारा वडा नं.३ स्थित जुकेखाडी सामुदायिक वनको खण्ड ५ मा रहेको भुटानी सरणार्थी क्याम्पमा “ शरणार्थी स्मृती पुष्प बगैचा ” निर्माण हुने भएको छ ।

२०४८ सालबाट २०६८ सालसम्म बसोबास गरेको भुटानी शरणार्थीहरु तेश्रो मुलकमा स्थानान्तरण भए पछि एका एक उजाड भएको सो क्षेत्रमा नमुनाको रुपमा १० कठ्ठा क्षेत्रफलमा नेपाल सरकारको परा पर्यटन निती अनुरुप पर्यटकीय क्षेत्र निर्माणका लागि सो पुष्प बगैँचा निर्माण हुने भएको हो । संघिय संसद एवम् अन्तराष्ट्रिय सम्बन्ध समितीकी सभापति पवित्रा निरौला ( खरेल ) ले सिलान्यास गरे सँगै उजाडिएको सरणार्थी क्याम्पको चमक आउने भएको छ ।
इन्जिनियर लोक बहादुर तामाङले तयार पारेको इस्टिमेट अनुसार बन्न लागेको बगैँचा २ सय मिटर लम्बाइ, १ सय ६० मिटर चौडाइमा गेट सहित बिचमा पोखरी त्यसमा ४ वटा पुल, सुद्ध पिउने पानिका लागि ट्याङ्की, शरणार्थीको इतिहाँस नेपाली र अंग्रेजी दुवै भाषामा, ३४ वटा आधुनिक बिजुली बत्ति, जमिन वाट २० फुट अग्लो स्तम्भ अनि स्तम्भ माथि मनोग्राम रहने जनाइएको छ ।
जनताको भावना र चाहना अनुरुपनै स्थानिय सरकारले पाइला अगाडि बढाएको बताउदै अर्जूनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले २०२० सम्ममा नगरपालिकाभित्र घुम्न आउने पर्यटकले ७ दिनको प्याकेज बनाएर आउने गरी पर्यटकीय क्षेत्रको विकास गरीने बताए ।

नगरपालिकाका ११ वटै वडाहरुमा फरक फरक शीर्षक र विषयका महत्व झल्कने गरी विकास गरिने बताएका छन् । सोहि अवसरमा मेयर रानाले नगरलाई विषादी मुक्त बनाउनका लागि समेत नगरले विषेश कृषि रणनिती तयार पारेर अगाडि बढेको हुदाँ आम नगरबासी नागरिकहरुलाई साथ दिन आग्रह गरे ।
बन्न लागेको उद्यान निर्माण सम्पन्न गर्नका लागि ९४ लाख बजेट खर्च हुने प्राविधिक स्टीमेट रहे पनि यस वर्षका लागि २५ लाख मात्र बजेट केन्द्र सरकारबाट विनियोजन भएको छ । अर्जुनधारा ३ को यस जुकेखाडी सामुदायिक वन क्षेत्रभित्र पर्यटकीय क्षेत्र निर्माणका लागि धेरै संम्भावना भएको बताउदै संघिय संसद एवम अन्तराष्ट्रिय सम्बन्ध समितीकी सभापति पवित्रा निरौला ( खरेल ) ले यस वन क्षेत्रमा जरिवुटी खेति देखि सुन्दर पोखरी हुदै पार्क निर्माणमा राज्यले पनि चासो दिएको बताइन् ।