इटहरी : इटहरी सुजुकी शोरुमको आयोजनामा शनिबार शुपर स्यार्टडे वान टाइम अफर कार्यक्रम सम्पन्न भएको छ ।

शुपर स्यार्टडे वान टाइम अफरमा गाडी खरिद गरेवापत १ वर्षसम्मको कर, गाडीमा नगद छुट र १ वर्षसम्मको इन्स्योरेन्स फ्रि रहेको कुसल शर्माले बताए । यसैगरी उक्त वान टाइम अफर कार्यक्रममा गाडी सट्टापट्टा गरेमा ७५ हजारसम्म बोनस रहेको थियो । सुजुकी गाडी नेपाली भौगोलिक वनावटमा राम्रो टिक्ने, अरुको तुलनामा तेल थोरै खपत गर्ने शर्माले जानकारी दिए । शनिबार भएको वान टाइम अफरमा १२ वटा बुकिङ भएको थियो । यो अफर एकदिनको लागि मात्र सञ्चालन गरिएको थियो ।