इनरुवा : सुनसरीको कोशी गाउँपालिकामा आइतबारबाट वीपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ । कोशी कटानको बगरमा सुरु भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले उद्घाटन गरेको थियो ।

कोशी गाउँपालिकामा आयोजित राष्ट्रिय कुस्ती प्रतियोगितामा आयोजक सहित ६ वटा प्रदेश र २ विभागीय टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रदेश नम्वर ४ र विभागीय टिम सशस्त्र प्रहरीले भने सहभागिता जनाएको छैन् । ओलम्पिक नियमका आधारमा संचालनमा ल्याइएको प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरुले नरडिक र कम्पिटेटिब समूहका आधारमा प्रतिष्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा विभागीय टिमका खेलाडी हावी देखिएपनि प्रदेश स्तरीय खेलाडीहरुको समेत उत्साहजनक प्रर्दशन देखिएको छ ।
प्रतियोगितामा महिला र पुरुष दुवै उमेर समूहका खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्र्तगत आज दुई चरणका खेल सकिएका छन् । भोलि हुने तेस्रो र फाइनल राउण्डका २५ खेलबाट विभिन्न उमेर समूहबाट प्रतियोगिताका बिजयीहरु छानिने छन् ।