इटहरी : इटहरीमा जारी मदनभण्डारी स्मृती अन्तर्रा्ष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगीता अन्र्तगत आइतबार भएको खेलमा मनाङ मस्र्याङ्ग्दी सेमिफाइलनमा प्रवेश गरेको छ ।

आयोजक टिम राष्ट्रिय जागृति क्लब इटहरीलाई घरेलु मैदानमा २–१ गोलको अन्तरले जीत हासिल गर्दै गत सालकोे उपविजेता टिम मनाङ सेमिफाइनल प्रवेश गरेको हो । आइतबार भएको खेलमा मनाङका सुजल श्रेष्ठ र कमल श्रेष्ठले गोल गरे भने आयोजक टिमका उमेश राईले १ गोल गरेका थिए ।

shrestha

खेलको म्यान अफ दी म्याच मनाङका कमल श्रेष्ठ घोषित हुँदै उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
आजको विजेताले सेमिफाइनलमा नेपाल पुलिस र भुटानको भुटान सीएफसीको बिजेतासँग १७ गते प्रतिस्पर्धा गर्नेछ । ८ टोली सहभागी गोल्डकपको बिजेताले १६ लाख र उपविजेता टोलीले ८ लाख रुपैयाँ हात पार्नेछन् ।

(भोली) सोमबार गत सालको विजेता थ्री स्टार र त्रिभुवन आर्मीबीच खेल हुँदै छ ।