इटहरी । मोरंगको सुन्दरहरैचा नगरपालीकामा रहेको गोकुलम रिसोर्टले नयाँ शैलिको सेवा बिस्तार गरेको छ । मानिसहरु कामको व्यस्ततालाई भुलाउन मनोरञ्जन गर्न अनेक स्थानको खोजी गर्छन त्यसको लागी प्रदेश एकमा पर्यटनको बिकास गर्ने उद्धेश्य सहित सञ्चालनमा रहेको गोकुलमले राति फायरक्याम्पको व्यवस्था सहित पारिवारिक रुपले खोलाको किनारमा बसेको अनुभव हुने गरिको व्यवस्था मिलाएको हो ।

बिकसित मुलुकहरुमा परिवार, साथीभाईहरु मिलेर मोनोरञ्जन गर्न खोलाको किनारमा फयरक्यामको मज्जा लिने गरेको बताउदै नेपालमा पनि यस्तो प्रचलन सुरु भएको र प्रदेश एकमा पनि सुरु गरेको गोकुलमका सञ्चालक राधेश्याम पौडेलले बताए ।

पर्यटकलाई आर्कषित गर्न गोकुलमले बिभिन्न योजनाहरु ल्याएर आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषण गरिरहेको छ । गोकुलम भित्र बोटिंग, बिभिन्न मुर्तीहरु, चिल्ड्रेन पार्क, बिभिन्न प्रजातीका पशुपक्षिहरु, रोटेपिंग लगायत अवलोकनकोलागी व्यवस्था मिलाएको छ । पर्यटकलाई अझ आर्कषण गर्न एउटा पुरानो बिमानलाई ल्याएर  मज्जा दिने व्यवस्था मिलाएको छ । सबैले जहाजको मज्जा नलिएको हुन सक्ने भन्दै जहाजमा हुने व्यवहार लगायत सुरक्षाको जानकारी सबै प्रदान गरिने गोकुलमका सतिष पोख्रेलले बताए ।

पर्यटनको बिकासको लागी सरकारी क्षेत्रबाट मात्रै नभएर निजि क्षेत्रबाट पनि पहलहरु सुरु भएको छ यसले गर्दा प्रदेश एकको आर्थीक उन्नतीमा बिकास हुने सम्भावना देखिन्छ ।