इटहरीः सुरक्षित र व्यवस्थित बसोबासका लागि जनचेतनामुलक कार्यक्रमहरु आयोजनासँगै व्यवसायिकरुपमा घर जग्गाको कारोवार गर्ने उद्देश्यसहित बुद्धवहादुर एक्तेनको अध्यक्षतामा प्रपर्टी डिलर्स एसोसिएशन अफ नेपाल सुनसरी गठन भएको छ ।

विगत लामो समयदेखि घर जग्गाको व्यवसायिक कारोबार हुदै आएको भएपनि सुनसरीमा पहिलो पटक घरजग्गा व्यवसायीहरु संगठित भएका हुन् । प्रपर्टी डिलर्स एसोसिएशन अफ नेपाल सुनसरीको पहिलो भेलाले उपाध्यक्षमा गोपाल प्रसाद घिमिरे र नारायण राई, महिला उपाध्यक्षमा सुमी थापा चयन गरेको छ भने महासचिव सुर्य तामांग, सचिवद्धयमा दिनेश पोख्रेल र पुर्ण राई, कोषाध्यक्ष एकराज धमला, सहकोषाध्यक्ष हर्कजित सुब्बालाई चयन गरेको छ ।

कुल ३१ सदस्यीय कार्यसमिती बनाएको एसोसिएशनले घरजग्गा खरीद बिक्री पेशालाई मर्यादित र व्यवस्थित बनाउदै लैजानु आवश्यक भएकोले विभिन्न तालिमहरु उपलव्ध गराउने बताएको छ । विश्वको बदलिदो वातावरणीय प्रतिकुलतालाई मध्यनजर गर्दै स्वच्छ र हरित नगर बनाउनको लागि कार्यक्रमहरु सञ्चालनमा ल्याउने लगायतका चार बुँदे उद्देश्यहरु समेटिएको नवगठित कार्यसमितिकी महिला उपाध्यक्ष सुमी थापाले जानकारी दिइन् ।