भुटाहाः भुटाहाको बस्मतिया नाका हुँदै भारतबाट अबैध रुपमा ल्याउदै गरेको करिब ६० हजार मुल्य बराबरको कुखुरा सशस्त्र प्रहरी बल भुटाहाको टोलीले पक्राउ गरेको छ।

पशु कोराइमटन चेक पोष्ट भन्टवारीका अधिकृत डा. अनित घिमिरे, प्रहरी चौकी भुटाहाका प्रमुख आत्मराम खतिवडा, सशस्त्र प्रहरी भुटाहाका प्रहरी निरीक्षक धिरज गुरुङसहित विभिन्न निकायका प्रतिनिधि, समाजसेवीको रोहबरमा अवैध कुखुरा नष्ट गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक गुरुङका अनुसार विशेष सुराकीको अधारमा अवैध कुखुरा पक्राउ गरिएको थियो । कुखुरा १ सय २० वटा संख्यामा अवैध कुखुरा रहेको थियो ।

सुनसरीको दक्षिणी भारतीय सिमावर्ती क्षेत्रबाट अबैधरुपमा लताकपडा, सुर्तीजन्य पदार्थ, लागुऔषध, कुखुराको चल्ला र हाँसको चल्ला भित्रिने गरेको छ । प्रहरीले अवैध सामान भित्रिन नदिन सीमाक्षेत्रमा कडाई पनि गरिरहेको छ ।

20190128_095900