धरान: २१ औं संस्करणको बुढासुब्बा रेडबुल गोल्डकपको प्रचारप्रसार गर्न आयोजित प्रमोशन कपमा सोमबार नेपाल पत्रकार महासंघ सुनसरीको टोली विजयी भएको छ ।

धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा बराह ज्वेलरी इण्डिष्ट्रिज प्रालि धरानको इन्द्र बराह फुटबल क्लबलाई ट्राइबेकरमा ४–१ गोल अन्तरले हराउदै पत्रकारको टिम सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि सिधै टाइब्रेकरमार्फत खेलको छिनोफानो गरिएको हो ।

IMG_9678

पेनाल्टी सुटआउटमा पत्रकारको तर्फबाट टिम क्याप्टेन विकास चाम्लिङ, रामकृष्ण खड्का, किशोर राई र विरध्वज लिम्बू(बुद्रोस)ले गोल गरेका थिए । बराहको तर्फबाट एक मात्र सान्त्वना गोल प्रविन विकले गरे । बराहको नविन विक र राजु गुरुङको प्रहार पत्रकार टिमका गोलकिप्पर विकी श्रेष्ठले रोकेपछि बराह प्रतियोगिताबाट बाहिरियो । सो खेको म्यान अफ दि म्याच पत्रकारका गोलकिपर बिकी श्रेष्ठ घोषित भए । उनलाई एन्फाका मानार्थ बरिष्ठ उपाध्यक्ष एबंम धरान फुटबल क्लवका अध्यक्ष किशोर राईले उनले नगद ५ सय रुपैयाँसहित मेडल प्रदान गरे ।

IMG_9678 1

प्रमोशन कपको विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी र उपाविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी पाउने छ । त्यसैगरी, व्याक्तिगत पुरस्कारतर्फ मोष्ट भ्यालुएवल प्लयेरलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी दिइनेछ भने प्रतियोगिता भरी सर्वाधिक गोलकर्ताले नगद ३ हजार रुप्ौयासहित ट्रफी दिइनेछ । त्यसैगरी, बेष्ट मिडफिल्डर, बेष्ठ डिफेन्स, बेष्ट फरवार्ड, बेष्ट गोलकिप्पर, बेष्ट कोचलाई जनही नगद २ हजार रुपैयाँसहित ट्रफी दिइने संयोजक नविन राईले जानकारी दिए ।

प्रतियोगितामा आयोजक धरान फुटबल क्लवसहित धरानका विभिन्न संघसस्थाका टिमगरी ८ टिम सहभागी रहेको संयोजक राईले बताए । बुढासुब्बा गोल्डकपको प्रचारप्रसारको लागि धरानका विभिन्न संघसंस्थाहरुबीच यो प्रतियोगिता गराउदै आएको क्लवका अध्यक्ष किशोर राईले बताए । बुढासुब्बा रेडबुल गोल्डकप यही माघ २६ गतेदेखि धरान १६ स्थित प्रस्ताविक प्रादेशिक रंगशालामा हुनेछ ।

IMG_9689 IMG_9694