धरान(डेस्क): नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काको शतकीय पारीको मद्दतमा नेपालले युएई विरुद्धको एकदिवसीय श्रृङ्खला २-१ ले जितेको छ ।

आज युएईमा भएको सिरिजको अन्तिम तथा तेस्रो खेलमा घरेलु मैदानमा ४ विकेटले युएईलाई पराजित गर्दै नेपालले एकदिवसीय श्रृङ्खला कब्जा गरेको हो । पहिलो खेल ३ विकेटले हारे पनि नेपाली टोलीले दोस्रो खेलमा युएईलाई घरेलु मैदानमा १ सय ४५ को विशाल अन्तरले हराएको थियो ।

युएईले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा पारसले १ सय ९ वलको सामना गर्दै सर्वाधिक १ सय १५ रन बनाउदै पहिलो एक दिवसिय श्रृंखलामा जित दिलाए । उनले १५ चौका र १ छक्का प्रहार गरेका थिए । उनी एकदिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी पनि बनेका छन् । यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । ओपनिङ व्याट्सम्यान विनोद भण्डारी १९ रनमा आउट भएपछि खड्का नेपालको पारी सम्हाल्न मैदानमा प्रवेश गरेका थिए ।

उपकप्तान ज्ञानेन्द्र मल्ल ३१ रन, दिपेन्द्र ऐरी ६ रन, पहिलो खेल खेलिरहेका सन्दिप जोरा १९ रन र रोहित पौडेल १६ रन मा आउट भएका थिए । ३९ औं ओभरमा पारस आउट भएपछि सोमपाल कामीले २६ रन र रोहित पौडेलले २१ रन जोडेपछि ४४ ओभर ४ बलमा जित दिलाए ।

टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले २ सय ५५ को लक्ष्य पाएको थियो । यूएईलाई विशाल योगफल तयार पार्न अनवरले ७० बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ८७ रन बनाएका थिए । सिपि रिजवानले ४५ रनको योगदान दिए भने मोहम्मद बुटाले पनि अर्धशतक बनाएका थिए । नेपालका लागि करण केसी र पारस खड्काले २/२ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेको नाममा १/१ विकेट लिएका थिए ।