इनरुवा : सुनसरीको इनरुवा नगरपालिका कार्यालयले खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यकासाथ केहिदिन अघि नगर खेलकुद समिति गठन गरेको इनरुवा नगरपालिकाले सोमबारबाट समितिको कार्यालय भवन समेत संचालनमा ल्याएको छ ।

इनरुवा अस्पतालको मूल गेटमा रहेको नगरपालिकाको नवनिर्मित भवनमा स्थापना गरिएको नगर खेलकुद संचालन तथा व्यवस्थापन समितिको कार्यालयको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले गरेका छन् ।
सदस्य सचिव विष्ट सहित इनरुवा नगरपालिका प्रमुख राजन मेहताले भवनको औपचारिक उद्घाटन गरेका हुन् ।

काठमाण्डौंमा सीमित पुरातनवादी सोचलाई मोफसलमा आयोजना हुन थालेका ठुला र राष्ट्रिय स्तरका प्रतियोगिताले खेलकुद जगतमा नयाँ आयाम कोरेकाले राखेपको ध्यान समेत यस क्षेत्रको खेलकुद विकास तर्फ केन्द्रित भएको बताए ।

पूर्वका विभिन्न स्थानमा रङ्गशाला सहित खेलकुद पूर्वाधार क्षेत्रको विकाससँग समबन्धित कार्य धमाधम भैरहेको बताएका विष्टले केही प्रकृयाहरु कार्यान्वयनको चरणमा अघि बढेको समेत जानकारी दिए ।
इनरुवा नगर खेलकुद संचालन तथा व्यवस्थापन समितिको संयोजकमा नगर प्रमुख राजन मेहता स्वयं रहेका छन् ।