इनरुवा : सुनसरीको कोशी गाउँपालिकामा आयोजित बीपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । कोशी कटानमा आइतबारबाट सुरु भएको बीपी स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता सोमबार सम्पन्न भएको हो । प्रदेश नम्वर ७ ले ३ वटा वजन समूहमा प्रथम स्थान हात पार्दा विभागीय टोली नेपाली सेना समेत तीन वजन समूहमा प्रथम भए ।


नेपाल प्रहरीका दुई खेलाडीले प्रथम स्थान हात पार्दा प्रदेश नम्वर ५ ले २ र प्रदेश नम्बर १, २ र ३ ले समान एक–एक वजन समूहमा प्रथम स्थान हात पारे । पुरुष तर्फ भागवत शाह, बृजेश यादव, सञ्जय तिवारी, श्रवणकुमार ठठेर, रामचन्द्र यादव, रमेश चन्द र समिर कुमार साहले प्रथम स्थान हात पार्दा महिला तर्फको प्रतिष्पर्धामा मनिशा सिंह, संगीता धामी, शुशिला चन्द, लक्ष्मी खत्री र शान्ती चौधरी प्रथम भए ।

राष्ट्रिय कुस्ती प्रतियोगितामा महिला तर्फ ५३ केजि समूहमा मनिषा सिंह प्रथम, राधा खत्री दोस्रो र शिला गुप्ता तेस्रो भए । महिला तर्फ नै ५७ केजि समूहमा संगिता चन्द प्रथम, कल्पना विक दोस्रो र सृजना चन्द तेस्रो, ६२ केजि समूहमा सुशिला चन्द प्रथम, निरा अ‍ैजी दोस्रो र पंचमी गुप्ता तेस्रो , ६८ केजि समूहमा लक्ष्मी खत्री प्रथम, पृजीन्ता तामागं दोस्रो र महिला तर्फ नै ७२ केजि समूहमा शान्ती चौधरी प्रथम, सरिता राई दोस्रो र रेखा रावल तेस्रो भए ।

त्यसैगरी देशका सातवटै प्रदेश सहित नेपाल पुलिस, नेपाल आर्मी र सशस्त्रको गरि तीन विभागिय टोली तथा आयोजक कोशी गाउँपालिकाको कुस्ती टिमको सहभागीता रहेको पुरुष तर्फको राष्ट्रिय कुस्तीमा १२५ केजी समूहमा सुमिर साह प्रथम, करण भट्ट दोस्रो र इकवाल राई तेस्रो भए ।

त्यसैगरी ९२ केजि समूहमा पुरुषमा रमेश चन्द प्रथम, सागर यादव दोस्रो र कमरोदिन मियाँ तेस्रो भए । त्यसैगरी ७९ केजि समूहमा संजय तिवारी प्रथम, सुनिल शाह दोस्रो र कृष्ण यादव तेस्रो भएका छन् । त्यस्तै ७० केजि समूहमा बृजेस यादव प्रथम, सुरज थापा दोस्रो र उदय यादव तेस्रो तथा ६१ केजी तौल समूहमा भागवत साह प्रथम, आनन्द राजवंशी दोस्रो र तिलक देउजा तेस्रो भएको आयोजक कोशी गाँउपालिकाका अध्यक्ष ऐयुव अंसारीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम , दोस्रो र तेस्रोलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपियाँ नगद, प्रमाण पत्र र ट्रफि प्रदान गरेको अध्यक्ष अंसारीले जानकारी दिए ।

विजयी खेलाडीहरुलाई प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला, राखेपका सदस्य शम्भु आचार्य, इनरुवा नगरपालिका प्रमुख राजन मेहता, गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले शिल्ड तथा प्रमाण पत्र सहित नगद पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा सशस्त्र प्रहरी र ४ नम्बर प्रदेश बाहेकका दुई विभागीय र ६ वटा प्रदेश सहित आयोजक कोशी गाउँपालिकाले सहभागिता जनाएको थियो ।