इटहरी: तीब्र गतिमा गुडेको ट्रिपरले एक बालिकाको ज्यान लिएपछि सोमबार विराटचोकमा स्थानीयबासीहरुले आक्रोशित हुदै ७ वटा ट्रिफरमा आगजनी गरेका थिए । घटनाले उग्ररुप लिएपछि साँझ विराटचोक विराटनगर सडकखण्डमा अर्को निर्णय नभएसम्म तत्काल ट्रिफर चलाउन पुर्णप्रतिबन्ध लगाइएको छ ।

यो सहमतिको भोलीपल्टै ट्रिपर व्यावसायीहरुले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेकय छन् । मंगलबार इटहरीमा पत्रकार सम्मेलन गर्दै पूर्वाञ्चल ट्रिपर व्यवसायी संघले आन्दोलन गर्ने जनाएको हो । अध्यक्ष गोपाल कार्कीले अनुसार एउटा ट्रिपर चालकले दुर्घटना गराए पनि जम्मा ७ वटा ट्रिपरमा आगजनी गर्नु दुःखद् भएको बताए । ती ट्रिपरहरुमा आगजनी हुनु प्रहरीको कमजोरी रहेको कार्कीले बताए । उनले भने,‘प्रहरीले आगो लगाउन सेफ गरेजस्तो महसुस भएको छ, ट्रिपर व्यवसायीहरुलाई जे गर्दा पनि हुन्छ भन्ने आम मानिसको बुझाई रहेछ, प्रहरीले आगो लागिरहँदा मुकदर्शक बन्यो ।’

Untitled-1 5

सोमबार सुन्दर हरैचा नगपालिका ९ की ११ बर्षीय लक्ष्मी ढकाललाई विराटनगरका गोपाल साहको ना ३ ख ३३५५ नम्बरको ट्रिपरले ठक्कर दिदा ज्यान गएको थियो । घटनालगत्तै आक्रोशित बासिन्दाहरुले उक्त ट्रिफरलाई आगजनी गरे । त्यसपछि, लगातार सिकेन चौधरीको को १ ख ५४०७ र को १ ख ६५६३ नम्बरको ट्रिपर, कृष्ण पराजुलीको को १ ख ५६८४, भीम पौडेलको ना ३ ख ४५८७, चुरेन सिंह बिकको को १ ख ५८३३ र अरुण गुरुङको ना ८ ख ३९२४ नम्बरको ट्रिपरमा पनि आगजनी भएको थियो ।आगो लागिरहदा निभाउन पुगेको दमकललाई पनि अवरोध हुदा प्रहरी मुकदर्शक बनेको कार्कीको आरोप थियो ।

‘प्रहरी प्रशासनले चाहेको भए क्षति हुन नदिन केही कदम चाल्न सक्थ्यो, हाम्रो करिब ३ करोड क्षति भएको छ,’उनले भने,‘क्षतिपूर्ति सरकारले व्यहोर्नुपर्छ ।’ राज्यले नै ट्रिपर चल्नमा रोक लगाउने हो भने त्यसको क्षतिपूर्ति पाउनुपर्ने अथवा बाटोमा ट्रिपर चल्न पाउनुपर्ने व्यवसायीहरुको माग रहेको छ । उनले प्रदेश ट्राफिकले लागु गरेको चार घण्टा बन्द गर्नेमा पनि असहमति रहेको जिकिर गरे । भने,‘हामीले दिनमा दुई घण्टासम्म बाटोमा नकुदाउन सक्छौ तर, चार घण्टा सडकमा ट्रिपर नचलाउँदैमा दुर्घटना न्यूनिकरण हुन्छ भन्नेमा विश्वास छैन ।’

व्यवसायीहरुले बुधबार प्रदेश गृहमन्त्रालयमार्फत ज्ञापन पत्र बुझाउने भएका छन् भने उनीहरुले बुधबारबाटै स्वतस्फुर्त ट्रिपर चल्नमा पनि रोक लगाउने भएका छन् । यस्तै,आगजनी भएका ट्रिपरहरुको क्षतिपूर्ति पाउनुपर्ने, ट्रिपर सञ्चालनमा रोक लगाईएको समय खारेज गर्नुपर्ने, ट्रिपर आगजनी गर्ने दोषीलाई आवश्यक कारवाही गर्नुपर्ने उनीहरुको माग छ । व्यवसायीहरुले १८ गते शुक्रबार बिराटचौक खोर्सानेबाट टिपरको ¥याली निकालेर बिराटनगरसम्म आन्दोलन गर्ने र अन्य थप सशक्त आन्दोलनका कार्यक्रमहरु गर्ने पनि बताएका छन् ।