इटहरी : दोस्रो मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा मंगलबार सिएफसि, भुटानलाई २–० गोलअन्तरले हराउदै विभागिय टोली नेपाल पुलिस क्लब अन्तिम चारमा प्रवेश गरेको छ ।

इटहरी रंगशालामा भएको खेलमा शुरुवातबाटै पाहुना टोलीलाई दबाबमा राखेपनि पुलिसले पहिलो हाफ बराबरी खेल्यो । दोस्रो हाफको १७ औं मिनेटमा पुलिसका अभिषेक रिजालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेपछि आक्रामकशैलीमा प्रस्तुत भएपनि भुटानले गोल फर्काउन भने सकेन । इञ्जुरी समयमा पुनः दोस्रो गोल गर्दै अभिषेकले पुसिलको जित पक्का गरे । सो खेलको म्यान अफ दि म्याच पुलिसका अभिषेक घोषित भए । उनलाई नगद १० हजारसहित मेडल प्रदान गरिएको थियो ।

football-1 4

आजको खेल समाप्तीसँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पनि पुरा भएको छ । भोली बुधबारको पहिलो सेमिफाईनल खेल नेपाल आर्मी र मेची नेत्रालय झापाबीच हुनेछ । आजको विजेता आज पुलिसको भेट ए डिभिजन लिग बिजेता मनाङ मस्र्याङदी क्लबसँग पक्का भएको छ । प्रतियोगिताको विजेताले नगद १६ लाख सहित ट्रफी प्राप्त गर्नेछ भने उपबिजेताले ८ लाख नगद सहित ट्राफि प्राप्त गर्नेछ ।