संखुवासभा : सभापोखरी गाउँपालिका १ लुङगेली भन्ने स्थानमा दिल बहादुर लुङगेलीको घरमा मंगलवार आगलागी हुँदा अन्दाजी २ लाख ४३ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ ।

साँझ सवा ६ बजे बिद्युत सर्ट भई आगलागी हुँदा लुङगेलीको ढुङगा माटोले बनेको १ तले घर, घर भित्र रहेको लत्ताकपडा, नगद १० हजार, अन्नपात १ तोला चाँदी र २ थान मोबायल जलेर नष्ट भएको हो ।

आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा बेलुका पौने ८ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।