विराटनगर : मोरङको सुनवर्षी नगरपालिकामा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सुनवर्षी नगरपालिका–६ स्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ह ६८४६ नम्बरको सिटी सफारी गुडिरहेको अवस्थामा अनियन्त्रित भइ दुर्घटना हुँदा सुनवर्षी–९ खुनियाबारीका २४ वर्षीय सूर्यनारायण पासवानको मृत्यु भएको हो ।

दुर्घटनामा परि घाइते भएका सिटी सफारीमा सवार पासवानको उपचारका क्रममा कोसी अञ्चल अस्पताल विराटगनरमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।