झापा : अर्जुनधारा नगरपालिकाले लगाएको खोलाको ठेक्कामा स्थानियबासीले अवरोध गरेका छन् ।
विगतका वर्षहरुमा जिल्ला विकास समिती मार्फत लगाउँदै आएको ठेक्का यस वर्ष भने अर्जुनधारा नगरपालिका बाटै लगाएको हो ।

टाङटिङ, विरिङ, गोयाङ र ठुलो नेते खोलामा वार्षीक २ करोड ६१ लाख रकममा एस यु एस कम्पनिलाई ठेक्का दिएको छ ।
स्थानियवासिले खोलामा मनपरी ढंगबाट स्काभेटर प्रयोग गरेर ढुंगा गिटी र बालुवा उत्खनन गरेको भन्दै अवरोध गरेका स्थानियहरु आफुले भने अनाधिकृत रुपमा उत्खनन गरिरहेको पाइएको छ । उता उत्खननमा सहभागि स्थानियहरु खोला गहिरिएर नहर, पैनी, इनार सुकेको गुनासो लिएर नगरपालिकामा आएका छन भने खोलाको स्थलगत निरिक्षणमा भने तिनै नागरिकहरु नगरले आइ ई गराएर उत्खननका लागि निषेध गराएका क्षेत्रमै मापदण्ड विपरित खोला गहिरिने गरि दोहन गरिरहेको भेटिएको छ ।

khola-1

 

अर्जुनधारा नगरपालिकाका जन प्रतिनिधी, स्थानिय सरोकारवाला निकाय, राजनितिक दलका अगुवाहरु, सञ्चारकर्मी सहितको टोलिले स्थलगत निरिक्षण गरेको समयमा टाङटिङ खोलाको सिर देखि तिर सम्मै स्यानियहरु तछाड मछाड गर्दै खोला दहन गरिरहेको भेटिएको छ । खोलामै छाप्रो लगाएर दोकान समेत थापि खोला दोहन गरिरहेका नागरिकहरु राष्ट्रपती चुरे संरक्षण क्षेत्र जहाँ कुनै पनि मौसममा खोला उत्खनन गर्न पाइदैन त्यस्ता क्षेत्रहरुमा समेत अनाधिकृत रुपमा खोला दहन गरिरहेका भेटिएका छन । त्यति मात्र होइन खोला उत्खननका लागि निषेधित क्षेत्रमा ५ वटा टिफर र एउटा स्काभेटर उत्खननको तयारिमा रहेको पाए पछि प्रसासनको जिम्मा लगाइएको थियो ।

स्थानिय नागरिकहरुले अनाधिकृत रुपमा खोला दोहन गरेर आय आर्जन गरिरहेका छन भने उता ठेकेदार कम्पनि भने नगरपालिकालाई चौविस घण्टे अल्टिमेटम दिएर उत्खननको लागि वातावरण बनाइदिन नगरसँग आग्रह गरिरहेको छ । अर्जुनधारा नगरपालिकाले भुगर्भविधको सहयोगमा खोला उत्खननका लागि आइ इ प्रतिवेदन तयार गरि उत्खननका लागि योग्य ठउँ, लम्वाई, गहिराई लगायतका मापदण्ड बनाएर खोला बिचबाट च्यानलाइज हुने गरी, खण्ड खण्ड गरेर ठेक्का लगाएको छ । प्रतिवेदन अनुसार बनेको मापदण्ड अनुरुप उत्खनन भए बाढिको जोखिम कम हुने देखिन्छ भने इनार कल सुक्ने समस्या पनि विस्तारै निराकरण हुने देखिएको छ । नगरपालिकाले ठेक्काबाट आएको रकमको ३० प्रतिशत रकम भने खोला क्षेत्रमै प्रयोग गर्ने जनाइसकेको छ । खोलामा पानिको सतह गहिरिन नदिनका लागि सुख्खा ग्रस्त क्षेत्रमा खोला बिचमा चेक ड्याम निर्माण गरी पानि माथि निकाल्ने विधि अपनाउनका लागि संघ र प्रदेशबाट बजेट माग गर्ने नगरपालिकाले जनाएको छ ।

khola