चक्रघट्टी : ‘प्रथम बराहक्षेत्र नगरपालिका माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ बराहक्षेत्र ७ स्थित बसन्तऋतु माविको प्राङ्गणमा शरु भएको छ । बराहक्षेत्र नगर खेलकुद विकास समितीको आयोजनामा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगितामा नगरका निजी र सामुदायिक गरी २६ विद्यालय सहभागी रहेको नगर खेलकुद विकास समितीका संयोजक आशाराम चौधरीले जानकारी दिए । ४ दिने प्रतियोगिताअन्तर्गत बुधबार १ सय मिटर दौड, ८ सय मिटर हिट दौड, छात्रछात्रा लङजम्प हिट, मार्सलआर्ट, भलिबल र कबड्डी खेल सम्पन्न भएको छ ।

–ब्लाष्ट टाइम्सबाट