विर्तामोड : भद्रपुर विमानस्थलमा पनि अब राति उडान हुने भएको छ । बुधबार बुद्ध एयरले भद्रपुरमा रात्रिकालिन विमान उडानको सफलतापूर्वक परीक्षण गरेको हो ।

भद्रपुर विमानस्थलमा जडान गरिएको आरएनएभीको सहायताले ‘लो भिजिबिलिटी’ र हाल जडान गरिएको रनवे लाइटले अब रात्रिको समयमा पनि सुरक्षित तरिकाले उडान सञ्चालन गर्न सकिने बुद्ध एयरले जनाएको छ ।

अहिले भद्रपुरमा बुद्धका नियमित दुई उडान सञ्चालनमा छ। १० फेब्रुअरी बाट रात्रीकालिन उडानसँगै दैनिक तीन उडान सञ्चालन हुनेछ ।