इटहरी :नेपाल पुलिस क्लबको चुनौती १–० ले पन्छाउदै मनाङ मस्याङ्दी क्लब इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति इटहरी गोल्डकपको फाइनलमा पुगेको छ ।

बिहिबार इटहरी रंगशालामा सम्पन्न अन्तिम सेमिफाइनल खेलमा अफिज वलाउलेको एक गोल मद्दतले लिग विजेता मनाङ गोल्डकपको उपाधि नजिक पुगेको हो । पहिलो हाफको ४३ औं मिनेटमा अफिजले गरेको गोल नै निर्णायक भएपनि नेपाल आर्मीसँग फाइलनमा मनाङले भेट पक्का गर्यो । एक गोलले पछि परेको पुलिसले दोस्रो हाफमा निक्कै आक्रमक खेलेपनि गोल फर्काउन भने सकेन । खेलको म्यान अफ दि म्याच वलाउले घोषित भए । उनले नगद दश हजारसहित मेडल हात पारे ।

22

पुलिसका कोच अनन्त राज थापाले आफूहरुले सन्तोषजनक खेलेपनि गोल गर्न नसक्दा हार भएको बताए । त्यस्तै, मनाङका कोच फुजा टोपेले आफूहरुले आज राम्रो खेलेर जितेको बताए । फाइनलको लागि अझ सशक्त रुपमा तयारी गरेर विजेता बन्ने लक्ष्यको साथ मैदानमा उत्रने उनले बताए । प्रतियोगिताको फाइनल शनिबार त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङ्दी बीच हुनेछ । बिजेताले नगद १६ लाख र उपबिजेताले ८ लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।