इनरुवा : सुनसरीको दक्षिण सिमावर्ती क्षेत्रका नाकाहरुबाट पछिल्लो समयमा नेपालबाट भारतीय बजारतिर कालो मरिच तस्कर हुने गरेको कुरा सुनी रहँदा विहीबार बसन्तपुरको नाकाबाट भारततर्फ लगिरहेको अवस्थामा १५ बोरा कालो मरिच सहित अटो गाडी दसगजाबाट सशस्त्र प्रहरी बल बसन्तपुरले पक्राउ गरेको छ ।

सुनसरीको कोशी गाउँपालीका सीमावर्ती क्षेत्रको विभिन्न नाका हँुदै केही दिन देखि तस्करको केन्द्र बन्दैँ गएको छ । विभिन्न संचारमाध्यममा समाचार आएपछि भण्टाबारी नाकामा सुरक्षा व्यवस्था कडा गरेको बेला चिसोको समयमा हरिनगर गाउँपालिका वडा नम्बर ५ बसन्तपुरको सिसुवाबाट सशस्त्र प्रहरीले १५ बोरा कालो मरिच सहित अटो गाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।

बसन्तपुर सशस्त्र प्रहरी निरीक्षक मनोज निरौलाको नेतृत्वमा खटिएको टोलिले २ लाख २५ हजार मुल्य बराबरको १५ बोरा कालो मरिच सहित को २ ह ५२६७ नम्बरको अटो गाडी बरामद गरेको जनाएको छ ।

बिहीबार दिसो २ बजेको समयमा अवैध रूपमा भन्सार छलेर भारततर्फ लादै गरेको अवस्थामा सशस्त्र प्रहरी बल बसन्तपुरबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक निरौला नेतृत्वको टोलिले दशगजा स्थित सिमा स्तम्भ नजिकबाट अटो गाडीमा लोड गरि भारततर्फ लैजादैँ गरेको अवस्थामा १५ बोरा कालो मरिच बरामद गरेको थियो ।

बरामद गरिएको १५ बोरा कालो मरिच र अटो गाडीको जम्मा ५ लाख ५० हजार मुल्यांकन गरी आवश्यक कार्बाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको सशस्त्र प्रहरी बल बसन्तपुरले जनाएको छ ।