तेह्रथुम : जिल्लाका ६ वटा स्थानीय तहभित्र रहेका जलाधार र उपजलाधार क्षेत्रको पहिचान र व्यवस्थापन गरिने भएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालय धनकुटाको आयोजनामा स्थानीय तहका प्रमुख र सरोकारवालाबीच भएको छलफलमा जिल्लाका सबै स्थानीय तहभित्र रहेका जलाधार र उपजलाधार क्षेत्रका पहिचान र व्यवस्थान गर्ने निर्णय गरेको हो ।

छलफलले पहिलो प्राथमिकतामा सुख्खा क्षेत्र, दोश्रोमा पानी मुहान संरक्षण, तेश्रोमा सडकसंग भूसंरक्षणलगायतका पहिचान गरेको छ । जिल्लामा पहिलो संवेदनशीलता समेत रहेको भन्दै बजारी खानेपानी मुहान संरक्षण, खेती उत्पादन विधिलगायत पयषर््टन विकासलाई समेत पहिचान गर्ने निर्णय गरेको छ ।कार्यक्रममा भू–संरक्षण सहायक शेरबहादुर श्रेष्ठले कार्यक्रमको औचित्य र भावी योजनाबारे सहभागीलाइृ जानकारी गराउदैँ भू–तथा जलाधार व्यवस्थापन अन्तर्गत सञ्चालन हुने कार्यक्रमबारे सार्वजनिक गरे । यस्तै जलाधार उपजलाधार क्षेत्र पहिचान, नक्सांकनसम्बन्धि वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत निरोज तिमल्सिनाले सहभागीलाई सहजीकरण गरेका थिए ।

–नागरिक पूर्वेली