झापा: भोलि देखि बुद्ध एयरले भद्रपुर एयरपोर्टबाट रात्रीकालिन सेवा शुरु गर्ने भएको छ ।बेलुकी ५ः४५ बजे भद्रपुरदेखि काठमाडौंको सेवा सञ्चालन गर्न लागेको बुद्ध एयर चन्द्रगढीका स्टेशन म्यानेजर ओम प्रधानाङ्गले जानकारी दिएका हुन् ।

योसँगै बुद्ध एयरको भद्रपुरबाट काठमाडौंको दैनिक उडान संख्या तीन पुग्नेछ । बुद्ध एयरले भद्रपुर एयरपोर्टमा आयोजना गरेको पत्रकार सम्मेलनमा निकट भविष्य मै झापा पोखराको हवाई सेवा पनि सञ्चालन गर्ने जनाएको थियो ।