पथरी : मोरङ उर्लाबारीको बासेचौरीलाई पर्यटकिय क्षेत्रका रुपमा बिकास गराउन उर्लाबारी नगरपालिकाले स्थानिय उपभोक्ताको लगानीलाई प्राथमिकता दिने भएको छ ।

उपभोक्ताको लगानी गराएर पर्यटकिय क्षेत्र बिस्तार गर्न पहल थालेको छ । उर्लाबारी वडा नम्बर २ मा रहेको सुनझोडालाई पुर्वकै उत्कृष्ट पर्यटकिय क्षेत्र बनाउन स्थानियबासीको लगानी गराउन वडामार्फत पहल थालिएको वडा अध्यक्ष राजन कुमार कडेलले बताए ।

basee

सिमसार संरक्षण गर्ने र सो क्षेत्रमा बाल उद्यम स्थापना गर्न स्थानियबासिको लगानी गर्न पहल थालिएको छ । झकडेलले भन,े ‘स्थानियबासी का साथै सरकारी र अन्य बजेटको खोजी गरिने छ ।’
जाडोयाममा यो क्षेत्रमा वनभोज खानेको संख्या बडिहुने गरेको छ । पथरी बजारबाट ३ किमि उत्तरमा रहेको बासे चौरीमा शनिबार र बिदाका दिन ठुलो संख्यामा वनभोज खान आउने गरेका छ्न । पानी को अभाव हटाउन पहल थालेको कडेल बताउछ्न । पिउने पानीको समस्याको हल यो बर्ष भित्र गर्ने लक्ष्य छ, उनले भने ।

बासेचौरी को पर्यटन विकास गर्न स्वागतद्वार निर्माण,वनभोज खान सहजताका लागि छाना सहितको टहरा, शौचालय निर्माण र पिउने पानीका लागि ट्युबेल गाड्न यो बर्ष नगरपालीकाले ५ लाख रुपैया विनियोजन गरेको कडेलले जानकारी दिए । शौचालय, पिकनिक स्पोट र ट्युबेल निर्माण सम्पन्न भइसकेको छ भने प्रवशसद्वारका लागि कार्य सुरु भएको छ ।

base

समुदायकै लगानीमा पर्यटकिय क्षेत्र निर्माण गर्ने र बासेचौरीबाट लाम्पातेसम्म झोलुङेपुल निर्माण गर्ने योजना रहेको उनले बताए ।
शान्त र रमणिय क्षेत्रका रुपमा परिचित बासेचौरीको विकास र प्रर्बद्धनका लागि नगरपालीका र वडा समितिले सामुदायिक वनसंगको सहकार्यमा पर्यटकिय क्षेत्रको विकासका लागि थालिएको पहल सकारात्मक रहेको छ ।