विर्तामोड: झापाको बिरिङ नदीबाट कच्चा पदार्थ निकालेर बिक्री बितरण गर्न पाउनु पर्ने माग गर्दै अर्जुनधारा नगरपालिकाका मजदुरहरु कडा आन्दोलनमा उत्रिएका छन् ।

नगरपालिकाले नदी ठेक्का लगाएको कारण आफुहरुको रोजीरोटी गुमेको भन्दै श्रम्रिकहरु आन्दोलनमा उत्रिएका हुन् । श्रमिक, मजदुरहरुको आन्दोलनले आइतबार नगरपालिका कार्यालय क्षेत्र तनावग्रस्त बन्यो । आन्दोलित बनेका मजदुरहरुले आईतबार नगरको विरुदमा नाराबाजी गरे । आन्दोलनले उग्ररुप लिदा तोडफोड समेत भयो । नगरपालिकाले समस्या समाधानको लागि जुटेको बताए पनि सहमति हुन सकेन । आन्दोलित मजदुर र नगरपालिकाबीच सामान्य छलफल भएपनि सहमति भने जुट्न सकेको छैन । आफुहरुको माग पुरा नभए आन्दोलनलाई थप प्रभावकारी बनाउने आन्दोलित मजदुहरुले चेतावानी दिएका छन् ।

नदीबाट ढुङ्गा गिट्टी र वालुवा निकालेर बिक्रीबितरण गरेर सयौ श्रमिक मजदुरहरुले जिविका चलाउदै आएका थिए । नगरपालिकाले खोला ठेक्कामा लगाएपछि बिरिङ नदीमा आश्रित मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् । ठेकेदारले आफुखुसी स्काभेटर प्रयोग गरेर गिटी बालुबा लगायतका कच्चा पदार्थ निकालेको र आफुहरुले उत्पादन गरेको कच्चा पर्दाथ बिक्री नभएर रोजीरोटी नै गुम्ने खतरा रहेको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् ।

IMG_1347

नगरपालिकाले भुगर्व विदसहितको संलग्नतामा बिरिङ नदीमा उत्खनन्को लागि सिमा निर्धारण गरेको छ । तर ठेकेदारले त्यो सिमा क्षेत्र भन्दा बाहिरबाट जथाभावी रुपमा उत्खनन गरेको मजदुरहरुको आरोप छ । उनीहरुले आफुले उत्खनन् गरेको कच्चा पदार्थ ठेकेदारले लिनु पर्ने, नदी उत्खनन्मा स्काभेटरको प्रयोग बन्द गर्नुपर्नेलगायत माग राखेका छन् । नगरपालिकाले यो बर्ष नगर क्षेत्रको नदीको कच्चा पर्दाथ उत्खनन गर्न एस यु एस कन्ट्रक्सनलार्ई २ करोड ६१ लाखमा ठेक्का लगाएको छ । कन्ट्रक्सनले केही समय अघि नदीको उत्खनन्मा स्काभेटरको प्रयोग गरेपछि स्थानीयले खोलामै बिरोध जनाएका थिए । स्थानीयको बिरोध पछि हाल ठेकेदारले नदीमा ट्रिपपर, ट्याक्टर लगायतका सवारीलाई कच्चा पर्दाथ उत्खननमा बन्देज गरिएको छ ।