ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “नगरपालिका कार्यालय तोडफोड” शीर्षकको समाचार छापिएको छ । ठेकेदारले खोलाजन्य सामग्री ढुवानीमा रोक लगाएपछि आन्दोलित मजदुरले आईतबार अर्जुनधारा नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । नाराबाजीसहित नगरपालिका कार्यालयमा पुगेका मजदुरले प्रदर्शन गरेपछि आइतबार नगरको काम दिनभर प्रभावित बनेको थियो । प्रदर्शनमा उत्रिएपछि नगरपाििलकाको दुई वटै गेट बन्दगरी मजदुरको समूहलाई प्रवेशमा रोक लगाएको थियो । प्रवेशमा रोक लगाएपछि मजदुरको समूहले ढुङ्गामुढा प्रहार गरेका थिए । जसका कारण नगरपालिका कार्यालयको गेट, झ्यालको सिसा, चारवटा सरकारी गाडी र ग्रील फुटेको प्रहरी चौकी शनिश्चरेका प्रमुख राजन खड्काले जानकारी दिए । प्रदर्शनकारीको ढुङ्गा लागेर प्रहरी हवल्दार सोमनाथ खवास बनेका छन् । प्रदर्शनकारीतर्फ एक महिला घाइते भएको खड्काले जनाए । यद्यपि उनको पहिचान भने खुल्न सकेको छैन । आइतबार साँझसम्म कार्यालय घेराउ गरेपछि नगर प्रमुखलगायत नगरपालिकामा थुनिएका छन् । प्रहरीले बाक्लो उपस्थितिका कारण थप क्षति हुन नपाएको स्थानीय अमित खम्बुले जानकारी दिए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “युवती बचाउन सहयोगको याचना” शीर्षकको समाचार छापिएको छ । उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका १० बोक्सेकी २१ वर्षीय बोनम्यारो –हड्डीभित्रको मसी) पीडित शान्ति राई उपचार खर्च अभावमा छटपटिएर बस्नुपरेको छ । रक्तअल्पताले ग्रस्त उनलाई पछिल्लो समय बोन्म्यारो प्रत्यारोपन गर्नुपर्ने चिकित्सकको सल्लाह अनुसार आवश्यक खर्च अभावमा भएपछि घरमै ओछ्यान पर्नुपर्ने अवस्था आइपरेको छ । ६ महिनाअघि
सामान्य विरामी परेकी उनको उपचार स्थानीय मेडिकल, गाइघाट अस्पताल हुदैँ विभिन्न अस्पताल चहार्दा भएभरको सम्पति सकिएको र अन्त्यमा मात्र रोग पत्ता लागेको परिवारजनले जनाएको छ । विभिन्न अस्पताल चहारेर उपचार गर्दागर्दै भएभरको जायजेथा सकिएपछि रोग पत्ता लागेकाले अहिले उपचार गर्न खर्च अभाव भएको बाबु डिकबहादुरले बताए । स्थानीय विद्यालयमा कक्षा ११ मा पढ्दै गरेकी राई विरामी परेपछि एकातिर पढाई छुटेको छ भने अर्कातिर ज्यान बचाउन सम्स्या परेकोमा परिवार चिन्तित छ । सुरुमा रक्तअल्पताको समस्या देखिएको उनलाई अस्पताल महाराजगञ्ज लगेर लामो समय जाँच गाराउँदा २ महिनाअघि मात्र बोनम्यारो समस्या भएको पत्ता लागेको र त्यसका लागि ठूलो रकम चाहिने भएपछि परिवारजन उपचार खर्च नभएकोले छोरीको उपचार नहुनेमा चिन्तामा छन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “सरोकारवाला मौन” शीर्षकको समाचार छापिएको छ । सुनसरी–मोरङको सीमानामा पर्ने बूढीखोलामा माटो र बालुवा प्रशोधनको नाममा खोला दोहन हुँदा समेत स्थानीय सरोकारवालाहरु मैन छन् । जनतालाई दुःख खोला उत्खनन्को लाइसेन्स दिइएको भन्दै स्थानीयबासी आक्रोशित भएका छन् । बूढीगंगा ६ स्थित बूढीखोलामा जेसीवी लगाएर गहिरो भंगालो बनाउँदा समेत बुढीगंगा गाउँपालिका बेखबर छ । बुढीगंगा ६ स्थित बस्तीछेउमै रहेको बुढीखोलामा डोजर लगाएर गहिरो भंगालो बनाउँदासमेत वडा कार्यालय र गाउँपालिकाले वास्ता नगरेको भन्दै स्थानीयबासी आक्रोशित भएका हुन् । सो स्थानमा राति खोला उत्खनन् गरेर टिपरबाट बालुवा लाने गरेको उनीहरुको आरोप छ । त्यस्तै उत्खनन्का क्रममा आएको माटो भने दिउँसै ट्रयाक्टरमा लाने गरेको उनीहरु बताउँछन् ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा “पिण्डेशवरमा सरस्वती पूजाको तयारी” शीर्षकको समाचार छापिएको छ । विद्याकी देवी सरस्वतीको सार्वजनिक पूजाका लागि धरानमा पुराणकालीन धार्मिकस्थल पिण्डेश्वर बाबाधाम मन्दिर परिसर धार्मिकक दृष्टिले उचितस्थल भएको विध्वानहरुले शताउँदै आएका छन् । पिण्डेश्वर परिसर स्थित सरस्वती कुण्डको सम्बन्ध पौराणिक वर्णनमा सरस्वती देवीसंग जोडिएकोले बसन्त पञ्चमीका दिन कुण्डमा पूजा अर्चना गरिदैँ आएको छ । बसन्त पञ्चमीकै दिन सरस्वती पनि पर्दिछ । ।यिनै महत्वलाई प्राथमिकता दिदैँ पिण्डेश्वर बाबाधाम समितिले सरस्वती पूजाका दिन यहाँ शिशुहरुलाई अक्षराम्भ गराउने कार्यक्रम गराउदै आएको छ । समितिले यसपालि पनि सरस्वती कुण्ड परिसरमा सरस्वती पुजा तथा अक्षर आरम्भ कार्यक्रमको तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।