धरान:धरानको भानुचोकमा अवस्थित घण्टाघर धरानको पहिचान मात्र होइन, प्रमुख पर्यटकीय आकर्षण पनि हो । धरान घुम्न आउने जो कोही पर्यटकहरु यहाँ प्रवेश नगरी वा घण्टाघरको माथिल्लो तलाबाट धरानलाई अवलोकन नगरी फर्कदैनन् ।

धरानको सौन्दर्य बढाएको यही घण्टाघर पछिल्लो समय युवायुवतीहरुको डेटिङस्थल बन्दै गएको थियो । घण्टाघरमाथि चढ्दै गर्दा कोही जोडीहरु सिढिमा एकअर्कालाई चुम्बन गर्दै अवस्थामा पनि भेटिन्थे । मान्छे आएपछि हत्तपत्त सर्तक भएजस्तो गर्थे । यसले घण्टाघरप्रति नराम्रो छाप पनि बनाउदै लगेको थियो । तर, अहिले यस्ता सबै गतिविधिहरुमा रोक लागेको छ । विगतमा जस्तो सिढीमा युवायुवतीहरु पनि बस्दैनन्, र अश्लिल गतिविधिहरु पनि गर्न सक्दैनन् ।

IMG_20190203_173748

यसको कारण हो, घण्टाघर व्यवस्थापन समितिले घण्टाघर भित्र र बाहिर राखेको सिसिटिभि क्यामेरा । जसले गर्दा घण्टाघर भित्रको मात्र होइन, भानुचोक क्षेत्र, बगैचा, गणेश मन्दिर सबैतिरको गतिविधिहरु निगरानीमा हुन्छ । घण्टाघरमा को प्रवेश गर्यो, कस्ले के गर्दैछ भन्ने सबै गतिविधिहरु टिकट काउण्टरमा राखिएको स्क्रिनमा सबैले हेर्न सक्छन् । त्यति मात्र होइन, घण्टाघर क्षेत्रलाई सिसिटिभिको कारण सुरक्षित पनि बनाएको छ । ‘पहिला त को को आउथे, जान्थे । घण्टाघरको सिढिमा बसेर के के गर्थे, अब त सबै रोकियो, यही बसेर सबैले कहाँ के भइरहेको छ भनेर हेर्न सक्ने भयौ,’घण्टाघरका कर्मचारी राज सुब्बाले भने,‘सुरक्षित पनि भएको छ ।’

IMG_20190203_173545

व्यवस्थापन समिति करिब डेढ लाख खर्चिएर १३ वटा सिसिटिभि जडान गरेको छ । अझै २ वटा सिसिटिभि क्यामेरा थप गरिने सुपरभाइजर केशव न्यौपानेले जानकारी दिए । ‘घण्टाघर क्षेत्रलाई निगरानीमा राख्ने, सुरक्षित बनाउने र नराम्रो कामहरु रोक्ने उद्देश्यले राखिएको हो,’न्यौपानेले भने,‘सिसिटिभिले सबैलाई सजग, सर्तक बनाएको छ ।’ उनका अनुसार घण्टाघरको मुख्य प्रवेश द्धार, भानुचोकतर्फ, घण्टाघरको ढोकामा, प्रत्येक सिढिमा र सबैभन्दा माथिल्लो तलामा वरीपरी क्यामेरा जडान गरिएको छ । 

IMG_20190203_174210

IMG_20190203_173555