पथरी : मोरङ्गको पथरीशनिश्चरेमा माघ २५ बाट नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नगर खेलकुद विकास समितीको आयोजनामा हुने प्रतियोगीतामा नगरका १० वडाको सहभागीता रहने भएको हो । पथरीको पञ्चायत मावीको खेल मैदानमा हुने प्रतियोगीताको तयारी पुरा भएको आयोजकले जनाएको छ । सोमबार सुन्झोडा सिमसारमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगीताका बारेमा जानकारी दिएको हो । प्रतियोगीतामा प्रथम हुने वाडले नगद ३०हजार, ट्रफि जित्ने छ भने उपविजेताले १५ हजार नगद र ट्रफि जित्ने नगर खेलकुद विकासका अध्यक्ष मणी लुम्फुवा लिम्बुले जानकारी दिए । प्रतियोगीताका उत्कृष्ट वलर,उत्कृष्ट व्याष्टमेन, उत्कृष्ट फिल्डर, उदयमान खेलाडी र म्यान अफ दि सिरीज समेत पुरस्कृत हुने भएका छ । उनीहरुलाई नगद र ट्रफि पुरस्कार प्रदान गरिने लिम्बुले जानकारी दिए ।

प्रतियोगीताका प्रत्येक खेलका म्यान अफ दि म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगीताको पहिलो खेल वडा नम्वर ४ र ३ विच हुने छ । प्रत्येक दिन दुइ खेल खेलाइने प्रतियोगीता टि ट्वान्टी फर्मेटमा खेलाइने आयोजकले जनाएको छ । प्रत्येक वडामा एक खेल अभियान अन्तरगत वडा नम्वर १ ले यो खेलको संयोजन गरेको हो । वडा नम्बर १ का रत्न युथ क्लव,पथरीशनिश्चरे क्रिकेट क्लव र एभरेष्ट क्रिकेट क्लवले प्रतियोगीतालाई सह संयोजन गर्ने भएका हुन । नगर वाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर वर्ष भरी विभिन्न खेल प्रतियोगीता गर्ने योजना साथ क्रिकेट प्रतियोगीताको आयोजना गरिएको आयोजकका सचिव नैन राइले जानकारी दिए । प्रतियोगीता सम्पन्न गर्न करिव १ लाख ४५ हजार वजेट तय गरिएको आयोजकले जनाएको छ ।

बाउण्ड्री बाहिरका दर्शक पनि पुरस्कृत हुने प्रतियोगीतालाई थप रौनक वनाउन र क्रिकेट खेलको चासो वडाउन उपस्थीत दर्शकलाई समेत पुरस्कृत गर्ने आयोजकले जनाएको छ । बाउण्ड्री बाहिर आउने बललाई एक हातले क्याच गर्नेलाई ५ सय र दुवै हातले क्याच गर्नेलाई ३ सय नगद पुरस्कार प्रदान गरिने लिम्बुले जानकारी दिए । विभिन्न अन्य प्रतियोगीतामा वाउड्री वाहिर वल क्याच गर्ने दर्शकलाई अन्य तवर वाट पुरस्कृत गरिए पनि नगदै पुरस्कार दिएर पुरस्कृत गर्न लागेको पथरीशनिश्चरेमा पहिलो पटक हो ।