गाईघाट : उदयपुरमा पछिल्लो समय कृषि व्यवसय मौलाउँदै गएको छ । स्थानीय कृषकप्रति व्यावसायिक कृषि खेति तथा पशुपालनमा आकर्षण बढ्दैँ गएपछि राज्यले पनि उनीहरुलाई उत्साह थप्दै ६ वटा स्थानीय तहलाई अदुवा÷बेसार जोन परियोजना घोषणा गरेको छ ।

दुई वर्षअघि जिल्लाको कटारी नगरपालिकाका विभिन्न वडालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अदुवा र सुन्तला जोन घोषणा गरेर सत्तचालन गरिरहेको सरकारले सोही परियोजनाअन्तर्गत ३ नगरपालिका ३ गाउँपालिका गरी ६ वटा स्थानीय तहलाई अदुवा÷बेसार जोन घोषणा गरेर कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

कटारीका विभिन्न पहाडी वडालाई २ वर्षअघि अदुवाजोन र २ वर्षअघि सुन्तला जोन घोषणा गरेर सञ्चालनमा ल्याउँदा सफलता पाएको भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले नगरपालिकातर्फ त्रियुगा, चौदण्डीगढी र बेलका तथा गाउँपालिकातर्फ रौतामाई, उदयपुरगढी र लिम्चुङबुङलाई अदुवा र बेसार जोन घोषणा गरिएको छ । परियोजना अन्तर्गत जिल्लाका ३ नगर र ३ गाउँपालिकाका २७ वडामा अदुवा÷बेसार जोन लागू गर्न लागिएको कृषि ध्यान केन्द्र उदयपुरका अदुवा÷बेसार जोन परियोजना प्रमुख वरिष्ठ कृष् िविकास अधिकृत उदयनारायण शर्माले बताए ।

–नागरिक पूर्वेलीबाट