धरान: प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले भाषा, साहित्य, कला र सँस्कृतिको लागि सुझाव दिन कार्यदल गठन गरेको छ ।

गत पुष १३ गते मन्त्रीस्तरीय निर्णयबाट प्रा.डा.टंक न्यौपाने संयोजक रहने गरी १३ सदस्यीय कार्यदल गठन मन्त्रालयले गरेको हो । कार्यदललाई २ महिनाभित्र प्रतिवेदन पेश गर्न म्याद दिइएको छ । कार्यदलमा अन्य सदस्यहरुमा प्रेमनाथ अधिकारी, जीवानाथ पोखरेल, कविता नेपाल, कुशेश्वर राई, प्रा.डा.बद्रीबिशाल पोखरेल, अनिल पौडेल, टिका चाम्लिङ, रमेशचन्द्र अधिकारी छन् । यसैगरि,पुण्यप्रसाद खरेल, येहाङ लावती, चन्द्र भण्डारी सदस्य छन् भने मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहाल सदस्य सचिव छन् ।

कार्यदलका संयोजक एवं भाषाविद् प्रा.डा.न्यौपानका अनुसार प्रदेशको भाषा,साहित्य, कला र सँस्कृतिको विकास, संरक्षण तथा प्रर्वद्धन गर्न एकेडेमी बनाउने सम्बन्धमा सुझावको लागि कार्यदल गठन भएको हो । ‘कस्तो बनाउने, के के काम कसरी गर्ने भनेर सुझाव दिन्छौ, एकेडेमी सम्बन्धी कार्यविधि, ऐन, नियम कस्तो बनाउने भनेर सुझाव दिने हो,’संयोजक न्यौपानेले भने,‘प्रादेशिक एकेडेमी बन्छ, यो सरकारको महत्वपुर्ण कदम हो ।’

50896870_2482127125150529_7