खोटाङ : खोटाङको दिप्रुङ–चुईचुम्मा गाउँपालिका☼४ साउने डाँडा बस्ने धनकुमार राईको घरमा आइतवार आगलागी हुँदा पाँच लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

राईको घरमा अचानक आगलागी हुँदा २ वटा घर सहित र घर भित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगलगीको कारण खुल्न सकेको छैन ।