काठमाडौं: युएईविरुद्धको एक दिवसरी र टि ट्वान्टी सिरिजमा नेपाललाई ऐतिहासिक जित दिलाएको राष्ट्रिय क्रिकेट टिमलाई सरकारले नगदसहित सम्मान गर्ने भएको छ ।

नेपाल सरकारले ऐतिहासिक उपलब्धी हासिल गरेको क्रिकेट टिमका सदस्यहरुलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको हो । हिजो सोमबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको हो । नेपालले पहिलो पकट एक दिवसीय र टी ट्वान्टी सिरिज जित दर्ता गर्दै टिम स्वदेश फर्किएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टका अनुसार नगदसहित खेलाडीहरुलाई सम्मान गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । राखेपको सिफारिशमा दुवै सिरिज जितेर फर्किएको टिमलाई हिजो बसेको मन्त्रिपरिषद्को बैठकले जनही ५ लाख नगदसहित सम्मान गर्ने निर्णय भएको उनले दाबी गरे । सरकारले घोषणा गरेको पुरस्कार रकम राष्ट्रपति वा प्रधानमन्त्रीको उपस्थितिमा चाडैं प्रदान हुने बताइएको छ ।