धरान: मोफसलको चर्चित फुटबल प्रतियोगिता हो, धरानमा आयोजना हुने बुढासुब्बा रेडबुल गोल्डकप । जसको २१ औं सँस्करण शुरु हुन अब मात्र ३ दिन बाँकी छ ।

यसपाली धरान १६ स्थित रंगशालामा माघ २६ गतेदेखि फागुन ४ गतेसम्म प्रतियोगिता आयोजना हुदैछ । प्रतियोगिताको अन्तिम तयारी अहिले धमाधम चलिरहेको छ । आयोजक धरान फुटबल क्लबले भोली बिहिबार औपचारिकरुपमा पत्रकार सम्मेलन गरेरै तयारीबारे जानकारी दिनेछ । ‘तयारी लगभग पुरा भएको छ, अब मुर्तरुप दिने काम मात्र भइरहेको छ,’क्लबका अध्यक्ष एवं एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष किसोर राई भन्छन्,‘सहभागी टिम कन्फर्म भइसक्यो, टाइसिट पनि बनाउन लागेका छौ । सबै जानकारी भोली पत्रकार सम्मेलन गरेरै दिन्छौ ।’

IMG_9951

आयोजकका अनुसार यसपटकको तयारी विगतको भन्दा धेरै राम्रो छ । मैदानमा इञ्जिनियरीङ हिसाबले लभेलिङ गरिएको छ । केही समयअघि घास पनि रोपिएकोले मैदान विगतको भन्दा धेरै राम्रो छ । ‘पोहोर त्यस्तो थिएन, यसपाली ग्राउण्डको लेभलिङ धेरै राम्रो छ, त्यसैले गेम पनि राम्रो हुन्छ,’क्लबका महासचिव प्रताम तामाङले भने । अध्यक्ष राई पनि कुनै प्रतियोगिता राम्रो हुनको लागि मैदान राम्रो हुनुपर्ने बताउँछन् । त्यसपछि टिम राम्रो भए म्याच राम्रो हुने र प्रतियोगिताको आयोजना पक्ष राम्रो बन्ने उनको भनााई छ । ‘मैदानलाई फष्ट क्लास बनाएको छौ । लेभल मिलाएको छौ । पुरै वाइड भएकोले हिजोजस्तो खुम्चिएर खेल्नुपर्ने स्थिति छैन, त्यसैले गेम असाध्यै राम्रो हुन्छ,’अध्यक्ष राई भन्छन् ।

बाँसको प्याराफिट दुई दशकदेखिको नियति

IMG_9934

विगत २० बर्षदेखि नियमितरुपमा आयोजना हुदै आएको एक मात्र प्रतियोगिता हो बुढासुब्बा गोल्डकप । यो गोल्डकप २०५५ सालदेखि शुरु भएको थियो । यसपाली २१ औं सँस्करणमा आइपुग्दा पनि आयोजकलाई बाँसको प्याराफिट बनाउनुपर्ने नियतिले भने छोडेको छैन ।

हुन त मोफसलमा आयोजना हुने सबै प्रतियोगिता बाँसकै प्याराफिटको भरमा छन् । राष्ट्रिय खेलकुद परिषदले सुविधा सम्पन्न रंगशाला बनाउन थालेको बषौं बितिसक्दा पनि पुरा नहुदा नियति फेरिएको छैन । ‘२० बर्षदेखि बाँसको प्याराफिट बनाइरहेका छौ, यसपाली पनि पश्चिमतर्फ बनाउनुपर्नेछ,’महासचिव तामाङ भन्छन् ।

IMG_9942

उनका अनुसार उत्तर र पुर्वतर्फ पक्की प्याराफिट बनिसकेको छ । ती प्याराफिटमा करिब ५ हजार दर्शक अटाउछन् । पश्चिमतर्फ भने २ वटा सय, सय फिटको प्याराफिट बनिनेछ, जसमा २ हजार थप दर्शक अट्नेछन् । पश्चिमतर्पm नै ५ सय क्षमताको भिआइपि प्याराफि तयार भइसकेको छ । तर, त्यसमा पनि माथि आकाशतर्फ खुला नै छोडिएकोले आकर्षक बनाउन आयोजकले टेण्ट टाँग्न खर्च गर्नुपर्नेछ ।

IMG_9943 IMG_9941 IMG_9933 IMG_9954 IMG_9952 IMG_9953 IMG_9937