इटहरी: सुनसरीको इटहरीमा सञ्चालन हुन लागेको फुड फेस्टिवलकोे तयारी पुरा भएको आयोजक होटल व्यवसायी संघ इटहरीले जानकारी दिएको छ ।

फुड फेस्टिवल आयोजना गर्न लागिएको जनता माध्यमिक विद्यालयको खेल मैदानमै पत्रकार सम्मेलन गरी तयारीका विषयमा आयोजक संघले तयारी पुरा भएको जानकारी दिएको हो । प्रदेश नम्वर १ को पर्टयटनको प्रर्वद्धन साथै विकासमा योगदान पुर्याउने उद्देश्यले भोली माघ २४ गते देखि सञ्चालन गर्न लागिएको फेस्टिवलको तयारी पुरा भएको संघका अध्यक्ष जीवन पराजुलीले बताए । उनले महोत्वसको उद्घाटन सत्रमा हात्तिसहितको र्याली झाँकीले रहने समेत जानकारी दिए ।

IMG_0250

फेस्टिवलमा स्थानीय, जातिय, परम्परागत र आधुनिक समयका लोकप्रिय परिकारहरु समेत राखिने जानकारी दिइएको छ । फेस्टिवलमा हेलिकप्टर टुरको व्यवस्था, लालीगुँरास र अर्नासँग फोटो खिच्न सकिने समेत आयोजकले जनायो । फेस्टिवलमा सुरक्षाका लागि प्रहरी प्रशासनसँग समन्वय गरिएको तथा सेक्युरेटी, स्यमवसेवक र सिसिटिभी क्यामराहरुको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्थाले जानकारी दियो । फागुन ३ गतेसम्म सञ्चालन हुने फेस्टिवलमा ६५ वटै स्टल वुकिगं भई सकेको र करिब ३२ लाख ७० हजार कुल लागत लाग्ने अनुमान आयोजकले गरेको छ ।

पत्रकार सम्मेलनमा आयोजक होटल व्यवसायी संघ इटहरीका उपाध्यक्ष गोविन्द थापा, फेस्टिवल संयोजक दिपक पोखरेल, घरेलु तथा साना उद्योग व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र केशरी घिघिरे, होटल व्यवसायी सुनिल भुषाल, उमेश दाहाल लगायतको सहभागिता रहेको थियो ।