धरान: धरान ८ प्राविधिक विद्यार्थी संगठन नेपाल (सान), पूर्वाञ्चल क्याम्पसले विद्यार्थीहरुको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने उद्देश्यले दुई दिने वृहत प्रर्दशनी ‘प्रयोग’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गर्दै क्याम्पस परिसरमा माघ २७ र २८ गते प्रयोग कार्यक्रम गर्ने भएको हो । ‘प्रयोग’ अन्तर्गत ‘प्रोजेक्ट डेमोस्ट्रेसन’, ‘रोबो वार’, ‘रोबोरेस’ र ‘पेपर व्रिज कम्पिटिसन’ आयोजन हुने कार्यक्रम संयोजक प्रतिक श्रेष्ठले बताए । उनका अनुसार प्रोजेक्ट डेमोस्ट्रसनमा विद्यार्थीहरुले अध्ययनको क्रममा आफुले गरेको प्रोजेक्टहरुको प्रर्दशनी हुनेछ । क्याम्पसका कृर्षि इञ्जिनियरीङ, आर्किटेक्चर, कम्युटर इञ्निियरीङ, सिभिल, इलेक्ट्रोनिक्स र कम्युनिकेशनलगायत विभागका विद्यार्थीहरुले उनीहरुको प्राजेक्ट प्रर्दशनीमा राख्नेछन् । यसरी राखिएको प्रोजेक्ट प्रर्दशनीलाई वेष्ट आइडिया अवार्ड, बेष्ट इनोभेशन अवार्ड र अल्फा एग्रिकल्चर तथा सस्टेनेवल डेभलपमेन्ट अवार्ड पनि दिइनेछ ।

प्रर्दशनीमा आर्किटेक्चरअन्र्तगत स्मार्ट मोडल घर र विभिन्न घर तथा ठाउँको मोडल प्रर्दशनीमा राखिनेछ । यसैगरी, कृर्षि इञ्जिनियरीङअन्र्तगत धान काट्ने मेसिन, मकै छोड्ने मेसिन, कृषि राबोट अन्तर्गत फल टिप्ने कृर्षि रोबोटलगायत प्रर्दशनी हुनेछ । यसैगरी, सिभिल इन्जिनियरिङले स्मार्ट सिटि मोडल, पेपर व्रिजको प्रदर्शन, इलेक्ट्रिकल कम्प्यूटर इन्जिनियरिङले विविध नयाँ प्रविधिको प्रदर्शन र मेकानिकल इन्जिनियरिङले गो कार्ट, पल्सजेड इञ्जिन ग्राभिटेशनल भर्टेक्टलगायत प्रदर्शनी राखिनेछ । 'अध्ययनको क्रममा गरेका प्रोजेक्ट, कामहरुलाई प्रर्दशनीमा राख्न पाउदा विद्यार्थीहरुलाई प्रेरणा मिल्छ, समाजलाई पनि यसबाट फाइदा पुग्छ,'सयोजक श्रेष्ठले भने । कृषि यान्त्रिकरण र दिगो विकास कार्यको लागि प्रोजेक्ट डेमोस्ट्रसमनले भुमिका खेल्ने उनले बताए ।

कार्यक्रममा रोबोवार र रोबोरेस प्रतियोगिता पनि हुनेछ । यी प्रतियोगितमा धरान, इटहरी, विराटनगरलगायतका विभिन्न कलेजका विद्यार्थीहरुले सहभागिता जनाउनेछन् । यस्तै, पेपर व्रिज कम्पिटसन पनि हुनेछ । रोबो वार प्रतियोगिताको विजेताले नगद २० हजार पुरस्कार पाउनेछन् भने रोबो रेस प्रतियोगिताको विजेताले नगद १० हजार पाउनेछन् । पेपर व्रिज कम्पिटीसनमा पेपर व्रिजले कतिसम्मको भारी थाम्न सक्छ भन्ने कुरालाई प्रस्तुत गरिने सानका सचिव प्रजल घिमिरेल बताए । कार्यक्रममा २५ हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । यसअघि सानले २०७२ साल फागुनमा पनि सान एक्स्पो आयोजना गरेको थियो ।