इनरुवा : सुनसरीको रामधुनी नगरपालिका झुम्का बजारमा रहेको सनराईज बैंकको शाखाले आफ्ना ग्राहकलाई दुर्घटना बीमाको रकम वितरण गरेको छ ।

गत वर्ष दुर्घटनामा परी ज्यान गुमाएका सुनसरी मधेशाका नैनाबहादुर बन्जराको परिवार लाई ४ लाख १५ हजार १ सय ४४ रुपैयाँ बैंकका प्रदेश १ का प्रमुख विवेक निरौलाले वितरण गरेका छन् । बैङ्कले आफना ग्राहकलाई उक्त विमा रकम वितरण गरेको हो ।

मृत्यु भएका बन्जराकी श्रीमती सरस्वती बन्जरा र रमा बन्जरालाई उक्त रकम वितरण गरेको झुम्का शाखा प्रमुख द्धर्णबहादुर घिमिरेले जानकारी दिए ।
बैंकले आफ्ना सबै शाखाहरुबाट दुर्घटना बीमामा ग्राहकको मौज्दात रकम अनुसार चार गुणा वा ५ लाख सम्म र स्वास्थ्य बीमा तर्फ मौज्दात रकम अनुसारको २५ प्रतिशत रकम सम्म सुविधा दिने गरेको शाखा प्रमुख घिमिरेले बताए ।