ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकको पहिलो पृष्ठमा “प्रमकै जिल्लामा १५ पुल अलपत्र” शीर्षकको समाचार छापिएको छ । गत माघ १७ गत्ते प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गृहजिल्ला दौडाहामा थिए । विभिन्न ४ ठाउँका फरक–फरक कार्यक्रममा उनी सरिक भए । यसैक्रममा उनले नेपाल र भारतको सिमानामा पर्ने पुलको समुद्धघाटन गरे । नौ पटक शिल्यानास भएको उक्त पुल पहिलो पटक शिल्यानास भएको ६० वर्षपछि निर्माण सम्पन्न भएको छ । जिल्लामा निर्माणाधीन पुलहरु मध्ये यो एक हो । झापामा अहिले पनि १८ वटा पुल निर्माणाधीन अवस्थामा छन् । जसमध्ये १५ वटा पक्की पुलको ठेक्का सम्झौँता सकिएको वर्षौ भयो । ठेकेदारले समयमा निर्माण नगरेका कारण यी पुलहरु अहिले पनि अलपत्र बनेका छन् भने केही आयोजनाका त वर्षौदेखि निर्माणको काम नै पूणर््रुपमा बन्द भएको छ । केहीमा देखावटी रुपमा मात्र काम भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पुल निर्माणाधीन अवस्थामा छन् । निर्धारित समयमा निर्माण सम्पन्न नहुँदा त्यस क्षेत्रका नागरिक सास्ती खप्न बाध्य छन् । सुगम जिल्ला भएर पनि पुल निर्माण नहुँदा अहिले यस क्षेत्रको सर्वसाधारणले कष्टकर जीवन निर्वाह गरिरहेका छन् । त्यसैगरी “विप्लव र प्रकाण्डलाई सफाइ” शीर्षकको अर्को समाचार पनि छापिएको छ । जिल्ला अदालत भोजुरले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कमयुनिष्ट पार्टिको महासचिव विप्लवसहित १६ जनालाई सफाइ दिएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन प्रचार प्रसारको समयमा भोजपुरमा बस विस्फोट गराएको आरोप खेपिरहेका महासचिव विप्लव, पार्टि प्रवक्ता प्रकाण्डलगायतलाई सफाई दिएको हो । निर्वाचनको बेला जिल्लाको ३ ठाउँमा बम विस्फोटको आरोप लागेका २० मध्ये महासचिव विप्लव, पार्टि प्रवक्ता प्रकाण्ड, पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री पदमबहादुर राईसहित १६ जनाले सफाइ पाएका हुन् । जिल्ला न्यायधिस हरिशचन्द्र इङ्नामको इजलासले उनीहरुलाई सफाई दिएको हो ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “विद्यालय सुधार्न प्रअलाई सूत्र” शीर्षकको समाचार छापिएको छ । सोझो अर्थमा बुझ्दा प्रधानाध्यापकले विद्यालयको प्रमुख प्रशासनिक नेतृत्व ग्रहण गर्छन् । तर प्रध्यानाध्यापक यतिमात्र होईन रहेछ । प्रध्यानाध्यापकले विद्यालय कता लैजाने हो भनेर चालक वा पाइलटको भूमिका निर्वाह गर्नुपर्ने भन्दै लामो समयदेखि शैक्षिक गुणस्तर विकासमा ‘गुरु’ को भूमिकामा देखिएका रिड नेपालले बुधबारबाट ताप्लेजुङका माध्यमिक तहका प्रध्यानाध्यापकलाई एउटै मञ्चमा भेला गरेको छ । हिमालयन् ट्रष्ट यूकेको आर्थिक सहयोगमा नेपालका दुर्गम र ग्रामीण तहका विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि र बालमनोविज्ञानमा आधारित अध्यापन प्रवद्र्धनका लागि काम गर्दै आएको रिड नेपालले विद्यालयको गुणस्तरीय व्यवस्थापनमा प्रधानाध्यापकको भूमिका वृद्धिमा जोड दिएको जनाएको छ ।


पूर्वी बजार : आजको पूर्वी बजार दैनिकमा “२ सय मेघावाटसम्म प्रदेशको नियन्त्रणमा रहने प्रस्ताव” शीर्षकको समाचार छापिएको छ । १ नम्बर प्रदेश सरकारले २ सय मेघावाटसम्मको जलविधुत आयोजना प्रदेशको नियन्त्रणमा राख्ने गरी विधेयक संसदमा दर्ता गरेको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले २ सय मेघावाट सम्मका विधुतगृह नियन्त्रणको अधिकार प्रदेशमा रहने गरी प्रदेश विधुत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रस्तुत गरेका हुन् । सङ्घीय कानुनले कति मेघावाट सम्मका आयोजनालाई प्रदेश सरकार अन्र्तगत राख्ने भन्ने स्पष्ट कार्यादेश दिएको छैन । तर पनि प्रदेश सरकारले भने २ सय मेघावाट सम्मका आयोजनाको नियन्त्रण प्रदेश सरकारले नै गरी विधेयक प्रस्तुत गरेको छ । यसो त संघीय संसदले मेघावाट तोकेरै प्रदेश स्तरको विधुतगृहको क्षमता तोक्न सक्छ । त्यसैले पनि विधेयकको प्रस्तावनामा विधेयकमा प्रस्तुत भएको विषय संघीय संसदले ऐन बनाएमा सोहीनुसार हुने भन्दै प्रदेश सभामा पेस गरेको हो ।