झापा : विर्तामोड नगरपालिका अन्तर वडास्तरीय नकआउट भलिबल प्रतियोगिता २०७५ माघ २४ गते आज विहिबारबाट सुरु हुदैँछ ।

विराट बहुउद्देश्यीय सहकारी संस्था लि. विर्तामोड–३, सैनिकमोड, झापाको आयोजना र विर्तामोड नगरपालिकाको सहयोगमा माघ २४, २५ र २६ गते तिन दिवसीय सञ्चालन गरिने उक्त प्रतियोगितामा विर्तामोड नगरपालिकाका १० वडा मध्ये ९ वडाको सहभागिता रहने आयोजक संस्थाका सचिव रुद्र सिटौलाले बताए ।
आजबाट सुरु हुने खेलको पहिलो खेल वडा नं. १० र वडा नं. ५, दोस्रो खेल वडा नं. ४ र वडा नं. ६, तेस्रो खेल वडा नं. ९ र वडा नं. ३ र चौथो खेल वडा नं. ७ र वडा नं. ८ बीच हुने भएको छ, भने वडा नं. २ ले वाक ओभर पाएकोमा परेको छ ।
प्रथम पुरस्कार रु.५१,०००।–, ट्रफी दोस्रो पुरस्कार रु.३१,०००।– र ट्रफी सहित अन्य आकर्षक पुरस्कार रहेको वडा स्तरीय नकआउट भलिबल प्रतियोगिताबाट विर्तामोड नगरपालिकाले जिल्लाकै उत्कृष्ट टिम बनाउन सक्ने विर्तामोड नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष भोजराज सिटौला बताए ।

विर्तामोड नगरपालिकाकी उप–प्रमुख श्री पवित्रा महताराको प्रमुख आतिथ्यतामा उद्घाटन गरिने खेलमा झापा जिल्ला खेलकुद विकास समितिका प्राविधिकहरुले जर्जको भुमिका निर्वाह गर्ने कुरा बताइएको छ भने पहिलो चरणका सबै खेलहरु बेष्टअफ थ्रिका हुने छन, दोस्रो सेमिफाइनल र फाइनल खेल बेष्टअफ फाइभका हुने कुरा आयोजकले बताएका छन् ।