तेह्रथुम : फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङमा रहेको इलाका हुलाक कार्यालयको आफ्नै भवन निर्माण भएपनि प्रयोगमा ल्याइएको छैन । निर्माण भएको आफ्नै भवन प्रयोग नगरी भाडाको घरबाट कार्यालय सन्चालन हुँदै आएको छ ।

१३ लाख रुपैयाँ लागतमा २०६० सालमै निर्माण सम्पन्न भएको चार कोठे पक्की भवन अहिलेसम्म पनि सञ्चालनमा ल्याइएको छैन । प्रयोगमै नआई भवन जीर्ण जस्तै देखिन्छ । वर्षायाममा पानी चुहिने समस्या भएको भन्दै कर्मचारीले नयाँ भवन प्रयोगमा नल्याइएका हुन् ।
इलाका हुलाक सन्चालनकालागि मासिक १ हजार रुपैयाँ भाडा तिरेर कार्यालय सञ्चालन गरिएको छ । पाँच जनाको दरबन्दी भएपनि अहिले तीन जनामात्रै कर्मचारी रहेको भाडाको घरबाट कार्यालय सञ्चालन भइरहेको हुलाकका निमित्त प्रमुख हल्कारा कर्मचारी रिता फोम्बोले बताए ।