इटहरी: इटहरीमा आजदेखि फुड फेस्टिभल शुरु भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फेस्टिवलको उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री राईले प्रदेश १ आफैमा सम्भावना बोकेको प्रदेश भएको चर्चा गर्दै लाखौं पर्यटक भित्र्याउने सपना रहेको बताए । ‘हामीसँग संसारको सबैभन्दा अग्लो सगरमाथा छ भने होचो केचनाकेवल पनि छ,’मुख्यमन्त्री राईले भने,‘धार्मिक पर्यटनको केन्द्रविन्दु पाथीभरा, हलेसी, बराहक्षेत्रदेखि लालीगुँरास र चियाको राजधानी पनि यही प्रदेशमा छ, पर्यटनको अथाह सम्भावना छ ।’

पर्यटनको प्रचुर सम्भावना रहेको प्रदेश १ मा सबैपक्षको ध्यान गएको मुख्यमन्त्री राईको भनाई थियो । ‘हामीले बर्षमा लाखौ पर्यटकलाई भित्राएर सेवा दिन चाहन्छौ,’उनले भने,‘हाम्रो प्रदेश आफैमा सम्भावनाको जगमा र सुन्दर प्रदेशमा पर्छ ।’ फुड फेस्टिभल आयोजना हुनु प्रसंसनीय कार्य भएको बताउदै मुख्यमन्त्री राईले भने,‘सबैले यो फेस्टिभल सफल पार्नका लागि बराबरी जिम्मा लिएर काम गर्नुपर्ने हुन्छ । आगामी दिनमा पर्यटन क्षेत्रको माध्यमबाट आफूलाई पिलरको रुपमा उभ्याउन सकोस् ।’

20190207_154544

प्रदेश सांसद सर्वध्वज साँवा र लिलम बस्नेतले इटहरीलाई माथिल्लो स्थानमा उठाउनका लागि फेस्टिभलले महत्वपुर्ण भुमिका खेल्ने बताए । पर्यटनको लागि उपयुक्त स्थान इटहरी पनि रहेकय भन्दै उनीहरुले यसलाई व्यवस्थित गर्नका लागि सबै पक्षको समान जिम्मेवारी रहेको बताए । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी, होटल व्यवसायी संघ प्रदेश संयोजक मणिन्द्र बहादुर कटवाल लगायत क्षेत्रको पर्यटन विकासमा फेस्टिभवल महत्वपुर्ण हुने बताए ।

होटल व्यवसायी संघ इटहरीका पूर्वअध्यक्ष रबिन गौतमले प्रदेश १ पर्यटनको मुख्य गन्तब्य रहेको भएपनि प्रदेश सरकार, स्थानीय सरकारको उल्लेख्य ध्यान नगएको धारणा राखे । उनले भने,‘प्रदेश १ मा हामीसँग के छैन भन्ने कुरा हो, तर सरकारी तवरबाट पर्यटनलाई नजिकबाट हेरिएको छैन, दुःखद् छ ।’ पर्यटनका लागि होटल र पूर्वाधारहरु रहेको भएपनि पर्यटन फस्टाउन नसक्नुमा कमजोरी रहेको बताउँदै उनले सरकारले बिशेष ध्यान दिनुपर्ने बताए ।

20190207_142153

आयोजक होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले नै आयोजना गरिएको बताए । फेस्टिभल फागुन २ गतेसम्म हुनेछ । फेस्टिभलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांगीतिक मनोरञ्जन दिनेछन् । पर्यटकका लागि लालीगुँरास साथै अर्ना, कोशीटप्पुको हात्ती सम्म सेल्फीजोनका लागि राखिएको छ । त्यस्तै, हेलिकप्टरको माध्यमबाट ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन र स्थानीय सिटी टुरको समेत व्यवस्था रहेको छ । उक्त फेस्टिभलमा ६५ वटा स्टलहरु रहेको तथा एक लाख बढी पर्यटक भित्राउने आयोजकको विश्वास छ ।

51822161_411969799550173_71