ओखलढुंगा : सिद्धिचरण नगरपालिका–५ रुम्जाटारमा बुधवार राति आफ्नै बुहारीले फलामको ढुंग्री प्रहार गरी ससुराको हत्या गरेको छ ।

ढुंग्री प्रहारबाट सोही स्थान बस्ने ७० वर्षीय रामकाजी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
राती ९ बजेको समयमा अंशबण्डाको विषयमा वादविवाद हुँदा गुरुङलाई आफ्नै ३० वर्षीय बुहारी तारादेवी गुरुङले फलामको ढुंग्रीले टाउकोमा प्रहार गरेकी हुन् । ढुंग्री प्रहारबाट गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट प्रहरी टोली गई ढुंग्री प्रहार गर्ने गुरुङलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।