इनरुवाः प्रदेश १ सरकारले कोशी कटान क्षेत्रमा निर्माण गर्न लागेको कोशी रिफ्रेस्मेन्ट सेन्टरको परियोजना कार्यालयको सुनसरी सदरमुकाम इनरुवामा उद्घाटन भएको छ ।

बिहीबार इनरुवा १ स्थित शान्तिचोकमा कार्यालयको उद्घाटन मुख्यमन्त्री शेरधन राईले गरेका थिए । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियत, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे, विपक्षी दलका नेता राजीव कोइराला लगायतको उपस्थितिमा कार्यालयको उद्घाटन भएको हो ।

१५ बिघा क्षेत्रमा कोशी किनारमा बन्ने सेन्टरको सम्पूर्ण लागत करिब ३५ करोड हुने प्रदेश सरकारको भनार्इ छ । सेन्टरमा व्यायमशाला, सवारी पार्किङ, स्वीमिङ पुल, खाजाघरदेखि मनोरञ्जन र रिफ्रेसमेन्टका थुप्रै सुविधा हुने बताइएको छ । प्रदेश २ बाट प्रदेश १ प्रवेश मार्गमा र भारतीय सिमाना नाजिकैको यो परियोजना महत्वपूर्ण भएको प्रदेश सरकारको भनाइ छ ।

FB_IMG_1549545820306