ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकको पहिलो पृष्ठमा “प्रअको कुटपिटबाट विद्यार्थी घाइते” शीर्षकको समाचार छापिएको छ । पाँचथरको फिदिम नगरपालिका–१ स्थित फिदिम माध्यमिक विद्यालयका प्रध्यानाध्यापक दुर्गाराज खत्रीको कुटपिटबाट सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन् । प्रध्यानाध्यापकको कुटपिटबाट विद्यालयको कक्षा ९ मा अध्ययनरत मिक्लाजुङ ४ रविका १५ वर्षीय रोहित राई घाइते भएका हुन् । प्रध्यानाध्यापक खत्रीले रोहिलाई विहीबार कुटपिट गरेको आफन्तले जानएका छन् । रोहितका कक्षाका साथी कीर्ती लिम्बुका अनुसार कक्षाको एउटा बेञ्चमा सामान्य टुटफुट भएको विषयलाई लिएर प्रधानाध्यापक खत्रीले रोहितलाई कक्षामा र अफिसमा समेत लगेर कुटपिट गरेका थिए । उनका साथीहरुका अनुसार कक्षा १० का विद्यार्थीले कक्षा ९ को एउटा बेञ्चमा क्षति पुर्याएका थिए । त्यसैगरी आजको ब्लाष्टमा “आफ्नै छोरी शत्रु बनेपछि....” शीर्षकको अर्को समाचार पनि छापिएको छ । आफैले जन्म दिएकी छोरीले आफ’लाई अन्याय गरेपछि न्याय माग्न आमा भौतारिदै छिन् । आफूले २०३२ सालदेखि सुंगुर पालेर कमाएको पैसा आफ्नै छोरीले खाइदिएपछि अहिले न्याय माग्न इटहरीकी ६० वर्षीय सविता वर्देवा न्यायलयदेखि समाजका अगुवाको घर–घरमा पुग्ने गरेकी छन् । अर्काको घरको चारो ल्याएर सुंगुरपालन तथा लुगा सिलाएर कमाएको पैसा २०६२ सालमा करिब तीन लाखमा किनेको जग्गा छोरीले लगेपछि बुढेसकालमा बिजोग भएको बर्देवाको गुनासो छ । ‘मैले लामो समयदेखि कमाएको पैसा छोरी ज्वाईले खाइदिएपछि अहिले मेरो कम्ता बिजोग भएको छ’ गहभरी आशु झार्दै भनिन्, ‘मलाई यो शहरमा कसैले न्याय दिएनन्, श्रीमान र आफ्नो छोरी अहिले सम्पतीकौ कारण विरानो बनेका छन् ।’

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “पुल भत्किदाँ स्थानीयलाई सास्ती” शीर्षकको समाचार छापिएको छ । इलाम चुलाचुली गाउँपालिका २ स्थित चाजु खोलामा निर्माण भएको पुल भत्किदाँ स्थानीय सास्ती खेप्न बाध्य भएका छन् । वि.सं. २०७३ वैशाखबाट निर्माण सुरु भएको पुल २०७४ जेठमा सम्पन्न भएको थियो । पुल निर्माण भएको तीन महिनामा पूरै भत्किएपछि जनताले समस्या भोग्न बाध्य भएको गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले बताए । उनले भने, ‘हिउँदमा खोलामा पानी नभए पनि वर्षात् लाग्न थालेपछि जनताले समस्या भोग्नुपर्ने भएकाले पुनः पक्की पुल निर्माणका लागि पहल गरिरहेका छौँ ।’ चुलाचुलीमा सानाठुला करिब एक दर्जन खोला भए पनि चाजु खोला गाउँपालिकाको केन्द्र जाने बाटोमा पर्ने भएकाले त्यहाँ पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय उद्धव न्यौपानेले बताए । गलत इस्टिमेटका कारण सो पुल भत्किएको उनले जानकारी दिए । पुलको जग इस्टिमेटमा तीन मिटर मात्रै बनाइएकाले वर्षातको पहिलो बाढी नै भत्काएको स्थानीयबासी बताउँछन् । इलाम पहाडी क्षेत्र भनेर पुलको पिल्लरको जग तीन मिटर मात्रै राखेर इस्टिमेट बनाउँदा पुलको जग नै बलियो नभएको वडा नं. ३ का अध्यक्ष नरेन्द्र लावतीले बताए । त्यसैगरी आजको नागरिक पूर्वेली दैनिकमा “महिला संघ सरकारविरुद्ध उत्रने” शीर्षकको अर्को समाचार पनि छापिएको छ । नेपाल महिला संघ मोरङले सरकारविरुद्ध विराटनगरमा प्रदर्शन गर्ने भएको छ । विहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी महिला संघ मोरङले सरकारका जनताविरोधी गतिविधिविरुद्ध प्रदर्शन गर्ने जानकारी दिएको हो । शनिबार र्यालीसहित नगर परिक्रमापछि विराटनगरस्थित सिप्लटमा विरोधसभा आयोजन ागर्ने नेपाल महिला संघ मोरङकी अध्यक्ष शान्ता पौडेलले जानकारी दिईन् । उनले भने,‘सरकारले दुई तिहाईको दम्भमा निरन्तर जनताको अपेक्षाविपरीत गतिविधि गरिरहेका कारण विरोधसभा मार्फत मार्फत खबरदारी गर्न लागिएको हो ।’ उनले सरकारले महंगी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण, चोरी तस्करी, हत्या हिंसा नियन्त्रण गर्न ध्यान नदिएको आरोप लगाईन् ।

उद्घोष : आजको उद्घोष दैनिकले “ठगी आरोपमा शिक्षक पक्राउ” शीर्षकको समाचार छापेको छ । मोरङमा १५ लाख ठगी गरेको आरोपमा प्रहरीले जनता माध्यमिक विद्यालय कटहरी ७ थलाहाका एक शिक्षकलाई पक्राउ गरेको छ । एउटा जग्गा देखाउर खोलाको जग्गा दृष्टिबन्धक पास गरेर ठगी गरेको उजुरी परपछि प्रहरीले शिक्षक देवनारायण विश्वासलाई पक्राउ गरेको हो । आइतबार पक्रा परेका विश्वासविरुद्ध ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान मैरहेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । ठगी मुद्दामा महेन्द्र मावि विराटनगरकी शिक्षिका अन्जु खड्का र काठमाण्डौँका दिर्घ ओड फरार छन् । तीन जना विरुद्ध विराटनगर ९ का प्रमोदकुमार भगतले ठगी गरेको भन्दै उजुरी गरेका थिए । रंगेली नगरपालिका ७ को जग्गा देखाएर बक्राहा खोला किनारको जग्गा दृष्टिबन्धक गराएर ठगी गरेको भगतले बताए ।