इनरुवा: मौषम परिवर्तन भएर बर्षा भएपछि निर्माणाधिन सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ र २ मा पर्ने मुख्य भुटाहा बजार क्षेत्रको बाटो हिलाम्य भएको छ ।

सडक निर्माणमा ठेकेदारले रातो माटो प्रयोग गरको कारण बर्षा भएपछि माटो चिप्लो भएर यातायात मात्र होइन, पैदल यात्रुलाई समेत हिड्न कठिन भएको छ । सुनसरीको दक्षिणी क्षेत्र कप्तानगंज, देवानगंज, हरिनगरा, घुस्की, बसन्तपुर र भुटाहा लगायतका स्थानीय बासिन्दाहरुको मुख्य सडक रहेको भुटाहा बजार सडक हुदै सुनसरी सदरमुकाम इनरुवा जोडने मुख्य बाटो हो । यो बाटोबाट दैनिक लाखौ मानिसहरु तथा हजारौ सवारी साधनका यातायातहरु चल्ने सडक बर्षाको कारण अवरुद्ध भएको छ । जसले गर्दा स्थानीय बासिन्दाहरु ठुलो समस्या परेका छन् ।

३ वटा पसल नहट्दा थप समस्या

विराटनगरको बरगाछिदेखि चिमडी, हरिनगरा हुदै भुटाहा बजार भएर सुनसरीको लौकहीसम्म बन्न लागेको हुलाकी राजमार्ग सडक भुटाहा बजारमा रहेको शिवमन्दिरसंग जोरिएर रहेको ३ वटा पसल सडकमा परेपछि हट्न नमानेपछि ठेकेदारलाई मुख्य समस्या भएको छ।

20190208_090630

ठेकेदारले सडकमा घर ,पसल, मस्जिद, मन्दिर जे परेको भए पनि हटाउनु पर्ने भन्दै काम बन्द गरेका छन्। स्थानीयबासीहरुले आफहरुको नम्बरी जग्गामा रहेको घर पसल मसजिद भत्किएको भन्दै मन्दिरसँग जोडिएको पसल पनि भत्काउनुपर्ने अडानमा छन । स्थानीय बासिन्दाले ठेकदारलाई काम सुचारु गर्न दबाब दिइरहेका छन्, तर समस्या समाधान हुन सकिरहेको छैन ।

ठेकेदारले समस्या समाधान गर्नेको लागि हरिनगर गाउँपालिका अध्यक्ष सम्बन्धि वडा नम्बर १ र २ का वडाअध्यक्ष शिवमन्दिर समिति, राजनीतिक दलका नेताहरुसहित बैठक बसेर नापी गरेर चिह्न लगाउने निर्णय भएको थियो । सो निर्णय अनुसार ठेकेदारले बिहीबार नापी गरे चिह्न लगाए नि आज शुक्रबार पुनः बैठक बसी छलफल गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार शुक्रबार बैठक डाकिए पनि केही नेता र शिवमन्दिर समितिका सदस्यहरु नआए पछि बैठक अस्थगित भएको छ । बैठक पुनः भोली शनिबार बस्ने भएको छ।