धरान:धरानको पहिलो २ तारे होटल गजुर प्यालेसको उद्घाटन भएको छ । धरान ८ भोटेपुलस्थित होटल गजुर प्यालेसकये प्रदेश नं १ कय अन्तरिक ममिला तथा कानुन मन्त्री हिक्मत कार्की र प्रोपाइटर गोपालप्रसाद आचार्यकी आमा मित्रमाया आचार्य रिबन काटेर संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

धरानमा तारे स्तरको यो पहिलो होटल हो । होटल गजुर २ तारे भएपनि यसको सेवा सुविधा र मापदण्ड भने ३ तारे स्तरको भएको यसका सञ्चालक गोपालप्रसाद आचार्यले बताएका छन् । होटल गजुर प्यालेस उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि एवं मन्त्री कार्कीले धरानको पर्यटन र विकासमा होटल गजुरको महत्वपुर्ण योगदान पुग्ने धारणा व्यक्त गरे ।

IMG_0013

उनले धरान आफ्नो मावली भएको र यही उच्च शिक्षा पनि लिएको स्मरण गर्दै पर्यटन र विकासमा धरान अघि बढीरहेको पनि बताए ।‘धरानमा धेरै सम्भावनाहरु छ,ती सम्भावनाहरुलाई एकीकृत गरेर अघि बढ्नुपर्छ,’मन्त्री कार्कीले भने,‘पहाड र तराईको संगमस्थल हो । मेडिकल शिक्षा, कला,सँस्कृति, भौतिक विकास, खेलकुदमा धरान धेरै नै अघि छ ।’

धरान उपमहागरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले अब धरानमा स्तरीय होटल छैन भन्नेहरुको लागि होटल गजुर प्यालेस जवाफ भएको बताइन् । उनले भनिन्,‘हिजोसम्म धरानमा राम्रो होटल नै भएन भन्नेहरुलाई अब हामी भन्छौ कि निर्धक्कसँग आउनुस्,हामीसँग तारे होटल छ ।’ उनले पर्यटन उद्योगमा भएको लगानी सुरक्षित बनाउन सरकारले वातावरण तयार गर्नुपर्ने पनि बताइन् । साथै, पर्यटनको पुर्वाधार विकासमा, सडक सञ्जालमा सरकारले ध्यान दिनुपर्ने बताइन् ।

IMG_0014

कार्यक्रममा होटल एशोसिएशन अफ धरानका अध्यक्ष सुवर्ण श्रेष्ठ, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, पब्लिक स्पीकर २ का विजेता रमेश प्रसाईले पनि बोलेका थिए । प्रोपाइटल गोपालप्रसाद आचार्यले पर्यटनको क्षेत्रमा केही गर्ने उद्देश्य लिएर आएको बताए ।‘धरान र प्रदेश नं १ मै पर्यटनको क्षेत्रमा केही गर्ने सोच लिएर लगानी गरेको छुँ,मलाई साथ दिनुहुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु,’उनले भने ।

पत्रकार, व्यावसायी, समाजसेवी र युवालाई सम्मान

IMG_0056

होटल गजुर प्यालेसले उद्घाटन समारोहमा पत्रकार गोपाल दाहालसहित ४ जनालाई सम्मान गरेको छ । सम्पुर्ण साप्ताहिकका समाचार संयोजक दाहाललाई होटल गजुर प्यालेस सर्वोत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । नगद १५ हजार ५ सय ५५ राशी र सम्मान पत्रसहित उनलाई सम्मान गरिएको थियो ।

IMG_0060

यसैगरि, होटल गजुर प्यालेस पर्यटन तथा होटल व्यावसायी सम्मान होटल एशोसिएशन अफ धरानका संस्थापक कमलेश श्रेष्ठलाई प्रदान गरिएको छ भने होटल गजुर प्यालेस सामाजिक अभियन्ता सम्मान प्रभुप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । यसैगरि, होटल गजुर प्यालेस युवा व्यक्तित्व कदर पत्र पब्लिक स्पिकर २ का विजेता रमेश प्रसाईलाई प्रदान गरिएको छ । सबैलाई प्रमुख अतिथि मन्त्री कार्की, होटल सञ्चालक आचार्यलगायतले सम्मान गरेका थिए ।

IMG_0028 IMG_0043 IMG_0039 IMG_0049 IMG_9989 IMG_0053 IMG_0015