पथरी: पथरीशनिश्चरे नगर खेलकुद विकास समितिद्धारा आयोजित नगरस्तरीय क्रिकेट प्रतियोगिताको पहिलो दिनको खेलमा वडा नम्वर ३ र १ विजयी भएको छ ।

मोरङ्गको पथरीशनिश्चरेमा शुक्रवारबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा वडा नम्वर ३ ले वडा नम्वर ४ लाई ७ विकेटको पराजित गर्यो । टस जितेर व्याटिङ्ग रोजेको वडा ४ ले २० ओभरको खेलमा १३ ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्र जोड्न सकेको थियो । खेलमा ६३ रनको लक्ष्य पाएको वडा नं ३ ले ९ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्याएको थियो । खेलको म्यानअफ दि म्याच बनेका अनिस लुइटेलले ४ विकेट लिएका थिए । वडा नम्वर ४ का रविन मगरले १६ रन बाहेक अन्य ब्याट्सम्यानहरु सस्तोमा पेभिलियन फर्किएका थिए । वडा नम्वर ३ किरण लुइटेल रु दिपक नेपालीले २–२ विकेट लिएका थिए भने सविन अधिकारीले १ विकेट लिएका थिए । वडा ३ का पुजन कटुवालले ३२ र सुमन खनालले २० रनको महत्वपुर्ण योगदान दिएका थिए । सनम दुलाल,प्रकाश चौहान र सुजन मगरले १ –१ विकेट लिएका थिए ।

शुक्रवार नै भएको दोस्रो खेलमा वडा नम्वर १ ले वडा ६ माथि १०२ रनको फराकिलो जित दर्ता गर्यो । बर्षाको कारण १५ ओभरमा समेएिको खेलमा व्याटिङ्ग गरेको वडा नम्वर १ ले ६ विकेट गुमाएर २०३ रन बनाएको थियो । म्यान अफ दि म्याच वोधराज वस्नेतले नटआउट अर्धसतक ५० रनको योगदान गरे भने दिपेश श्रेष्ठले ५३, कमल राईले २१ रनको योगदान दिए । वडानम्वर ६का मनिष खत्रिले २ तथा विवश थापा,अनुप खत्रि,प्रेम पाण्डे र दिपक वस्नेत १ –१ विकेट लिएका थिए । बर्षातले प्रभावित भएको खेल १५ ओभरमा सिमित भएपछि वडा ६ ले १५० रनको को लक्ष्य पाएको थियो । जसमा वडा ६ ले १५ ओभरमा ८ विकेट गुमाउदै ४८ रन मात्र बनायो । प्रेम पाण्डेले १० र दिपक सुन्दासले ११ रन वाहेक अन्य खेलाडीले दोहरो रन जोडन सकेनन् । वडा नम्वर ६ लाई सस्तैमा समेटन कमल राईले २ तथा दिपेश श्रेष्ठ, वोधराज वस्नेत, राज राई, डिकेन थापाले १–१ विकेटको योगदान दिए ।

cricket

शनिवारको पहिलो खेल वडा नम्वर ७ र ९ तथा दोश्रो खेल २ र ५ बीच हुने आयोजकले जनाएको छ । पथरीशनिश्चरे नगर खेलकुद विकास समितिद्धारा आयोजित क्रिकेट प्रतियोगितामा नगरका १० वडाको सहभागिता रहेको छ । प्रतियोगिताको वडा नम्वर १ का वडा अध्यक्ष वावुराम याङ्गदेनले शुक्रवार उदघाटन गरेका थिए । प्रतियोगितामा प्रथम हुने वडाले नगद ३० हजार र ट्रफी हात पार्नेछ भने उपविजेताले १५ हजार नगद र ट्रफी पाउने नगर खेलकुद विकासका अध्यक्ष मणी लुम्फुवा लिम्बुले जानकारी दिए ।

प्रतियोगिताका उत्कृष्ट वलर, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट फिल्डर, उदयमान खेलाडी र म्यान अफ दि सिरीजको पुरस्कार दिइनछे । उनीहरुलाई नगद र ट्रफी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । नगरबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर वर्ष भरी विभिन्न खेल प्रतियोगिता गर्ने योजनाअनुसार क्रिकेट प्रतियोगिताको आयोजना गरिएको आयोजकका सचिव नैन राईले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिव १ लाख ४५ हजार बजेट विनियोजन गरिएको छ ।

दर्शक पनि पुरस्कृत हुने

प्रतियोगीतालाई थप रौनक वनाउन र क्रिकेट खेलमा आकर्षित गर्न दर्शकलाई समेत पुरस्कृत गर्ने आयोजकले जनाएको छ । बाउण्ड्री बाहिर आउने बललाई एक हातले क्याच गर्नेलाई ३ सय र दुवै हातले क्याच गर्नेलाई १ सय ५० नगद पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ ।