धरान :होम स्टे भन्नु बित्तिकै पहाडी गाउँघर र त्यहाँको परम्परागत नेपाली घर, सँस्कृतिको झझल्को आउछ । धरान त नेपालकै आधुनिक सहरमा गनिन्छ, के यहाँ होम स्टे सम्भव छ ?

यो प्रश्नको जवाफ हो, सम्भव छ । किनभने, धरान अहिले सेउती र सर्दु खोलाको बीचमा मात्र सिमित छैन । साविक पाँचकन्या गाविस र विष्णुपादुका गाविस पनि गाभिएर उपमहानगरपालिका भइसकेको छ । ती दुवै गाविस पहाडी क्षेत्र पनि छन् । जहाँबाट धरान बजार र तराईको मनोरम दृष्यावलोकन गर्न सकिन्छ भने परम्परागत मौलिक घर, सँस्कृति, कृर्षि पेशा पनि छ । हो, त्यसैलाई समेटेर धरानमा होम स्टे सञ्चालन गर्न स्थानीयस्तरमा समुदायहरु जागरुक भएका छन् । त्यसो त विष्णुपादुकामा केहीले होम स्टे शुरु पनि गरिसकेका छन् । अब भने उनीहरुलाई पर्यटनको मुल प्रवाहमा जोडेर व्यवसायिकता दिइने धरान उपमहागनरको योजना छ ।

51116956_2404613312904001_1

हाल धरान उपमहानगपालिका वडा २० विष्णुपादुका पर्छ भने वडा ४ साविक पाँचकन्या गाविसको पहाडी, ग्रामिण क्षेत्र पर्छ । जहाँ डाँडाकाडा छ तर प्राकृतिक सुन्दरता बोकेको छ । धार्मिक आस्थाको केन्द्र छ । ती ठाउँमा ग्रामिण पर्यटन तथा होम स्टेको प्रचुर सम्भावना छ । तिनै सम्भावनालाई उजागर गर्दै स्थानीयलाई नै आर्थिकरुपमा सवलीकरण गर्न उपमहानगरपालिकाले होम स्टे सञ्चालन सम्बन्धी २ दिने उत्प्रेरणा कार्यक्रम मात्र गरेन, कार्यक्रमका सहभागीहरु होम स्टे सञ्चालन गर्न तयार भएका छन् । त्यति मात्र होइन, उनीहरुले शुक्रबार तामिल सकेपश्चात धरान सामुदायिक होम स्टे एशोसिएशन समेत गठन गरेका छन् ।

दुई दिने कार्यक्रम समापनसँगै चक्र राईको संयोजकत्वमा ९ समुदायका प्रतिनिधित्व रहने गरी एशोशिएसन गठन भएको छ । धरान पर्यटन समितिले बिहिबार र शुक्रबार होटल सेछमा धरानको वडा नं ४ र २० का ९ समुदायलाई तालिम दिएको थियो । सहभागी ९ समुदायले सामुदायिक होमस्टे सञ्चालन गर्न तयार भएका छन् । पर्यटन समितिका सहसंयोजक किशोर थुलुङले होमस्टे संचालनको लागि आगामी बर्षदेखि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएका छन् ।

होम स्टेसम्बन्धी दुई दिने कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले गरेकी थिइन् भने समापन प्रदेशसभा सदस्य उमिता बराइलीले गरेकी थिइन् । सहभागीहरुलाई होमस्टे एशोशिएसन नेपालका वरिष्ठ उपाध्यक्ष यदुमणि निरौला, पर्यटनकर्मी वासुदेव बराल र मोहन श्रेष्ठले सहजीकरण गरेका थिए । उनीहरुले होमस्टे सञ्चालन, पर्यटनको तत्व, पर्यटन बजारीकरणबारे प्रशिक्षित गराएका थिए । कार्यक्रममा ३५ सहभागीले भाग लिएका थिए ।

home-stay1

कहाँ कहाँ हुन्छ होम स्टे ?

समितिका अनुसार धरान ४ को देवीथान, सेर्गे, सिरिगाउ, हर्दिया, पत्रङवारी र बसन्तटारमा होमस्टे सञ्चलान गर्न स्थानीयहरु तयार भएका छन् । यस्तै, यस्तै, वडा २० को चिण्डे डाँडा, माछामारा र कोकाह सामुदायिक होम स्टे पनि चलाउन स्थानीयहरु तयार भएको धरान पर्यटन समितिकी सदस्य एवं पर्यटनकर्मी एलिना मगरले बताइन् ।

पर्यटनमा महत्वपुर्ण उपलब्धी

सेक्ष ट्राभलिङ सम्बद्ध पर्यटनकर्मी वासुदेव वराल धरानमा होम स्टे सञ्चालनको पहललाई महत्वपुर्ण उपलब्धी मान्छन् । धरानको बजारमा मात्र केन्द्रित भएको पर्यटनलाई विस्तार गरेर गन्तव्य रहेको ग्रामिणक्षेत्रमा पनि पुर्याउने र स्थानीयबासीलाई प्रतिफल मिल्ने उनको धारणा छ । ‘धरानको गन्तव्यहरु वरीपरी छन्, तर केन्द्रित चै बजारमा मात्र भयो । अब जहाँ गन्तव्य छ, जहाँ कृर्षि उत्पादन छ, जहाँ परम्परागत कला, सँस्कृति जोगिएको छ, त्यहीका बासिन्दालाई पर्यटनको प्रतिफल मिल्छ,’वरालले भने,‘उनीहरु पर्यटनको मुल प्रवाहमा आउछन् ।’